हुम्ला जिल्लाको तल्लो क्षेत्र अदानचुली, ताँजाकोट र सर्केगाड गाउँपालिकासम्म सन्चालन हुँदै आएका यातायात सन्चालकहरुले स्थानीय यात्रुलाई भाडामा ठगि गर्ने कार्य अंझै रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले पटक पटक यातायात सन्चालनका लागि भाडा दररेड कायम गर्नकै लागि निर्णय गरे पनि यातायात सञ्चालकहरुका व्यक्तिहरुले उक्त निर्णयको व्यवास्था गर्दै आएका छन् ।
यतिखेर सो क्षेत्रमा सडक सञ्जालनले छोएसगै स्थानीय नागरीकहरुलाई आवत जावत गर्न सहज भएको भएता पनि भाडामा भने यात्रुहरु ठगिदै आएका छन् । विभिन्न स्थानमा टिकट बुकिंङका लागि राखिएका काउण्टरका व्यक्तिहरुले मनपरी भाडा लीने गरेकाे यात्रुहरुले बताएका छन् ।
तर काउन्टरले लीने भाडा र यात्रुहरुसगै मिलेर गाडी मालीकले लीने भाडामा समेत विमेल हुदा उनीहरु बिचमा नै विबाद शृजना हुन थालेको छ । यसै विषयले चर्को बिवाद हुनु पुर्व सम्बँधीत निकायले भाडा निधारण गर्न जरुरी रहेको
गल्फागाड प्रहरीचौकी श्रीनगरका प्रहरी सायक निरीक्षक कुमार गीरीले बताउनु भयो ।
उहाँका अनुसार सामान्य बिवाद देखीएकाले यस विषयको टुँगो लगाउन गाउँपालीका, प्रहरीचौकी यातायात व्यावसायी र टीकट बकिंङ् काउन्टरवाला बिच छलफल जरुरी रहेको बताए । जिल्ला प्रसासन कार्यालयले कायम गरेको दररेट विपरीत भाडा असुलेको लगायत यस क्षेत्रमा सञ्चालीत सवारीको कालो पिलेट र रातो पिलेट एकिन गर्दै
सञ्चालन भएर नागरीकलाई ठगीनबाट जोगाउनु पर्ने उहाँका भनाई रहेको छ ।
सो समस्यालाई सरोकारवाल निकायाले चासो देखाएर नियन्त्रण गर्नु आवश्यक रहेको भए पिन खासै चासो नदेखाएकाे स्थानीय नागरीकहरु बताउँछन् । यस क्षेत्रमा टीकट काउन्टर छन तर कतीबेला सम्म टीकट काट्ने ,कतीबेला गाडी छुट्छ कुनै निश्चित समय छैन टीकट काउन्टर भए पनि नागरीकले गाडि नै खोज्नु पर्ने स्थीती कायमै भएको छ ।
विभिन्न ठाउबाट यात्रु हाल्नुले कती जानको यात्रा हुन्छ भन्ने पनि जानकारी नभएको यात्रुले गुनासो गर्दै आएका छन् । रातो र कालो पिलेटवालाले जिपले कुन कस्ता यात्रुहरु हाल्न मिल्ने त्यसको कुनै एकिन छैन ।