हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कर्णाली प्रदेशको विशेष अनुदान अन्तर्गत खेती प्रवर्द्धन तथा एक घर एक करेसाबारि कार्यक्रमा रहि गाउँपालिकाले सय प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले कृषिमा आधारित रहेर ८ वटै वडा भित्रका करिब दुइ हजार दुई सय दुई घरधुरीहरुलाई कृषिजन्य सामाग्रीहरु सहित बिउबिजन हस्तान्तरण गरेका हुन्।
कृषि उत्पादन बढाउन गाउँपालिकाले बिउ तथा सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषि शाखाले मकैको बिउ, आलुको बिउ र चार किसिमका सामग्री वितरण गरिएको हो।
गाउँपालिकालाई कृषि तथा फलफूलमा आत्मनिर्भर बनाउने सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले बताए। ‘यो गाउँपालिकाका अधिकांश परिवार कृषिमा निर्भर छन्,’ उनले भने, ‘यसका लागि किषानको माग अनुसार अनुदान स्वरूप प्रविधि तथा बिउ दिँदै आएका छौं।’ गार्डेन पाइप, स्पिरिङ्कल लगायतका सामग्री वितरण गरेको बताउनु भयो । उनले फलफुल तथा बिउ भिजन खेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । पछिल्लो समय स्याउखेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई स्याउको बिउ तथा तरकारी पकेट क्षेत्रका लागि गार्डेन पाइप र स्प्रिङकल वितरण गरिएको कृषि शाखा प्रमुख निम बहादुर केसिले जनाए। गाउँपालिकाले ८ वटै वडालाई उत्पादनका हिसाबले विभिन्न पकेट क्षेत्र घोषणा गर्ने र व्यावसायिक रूपमा सिमि खेती विस्तारका लागि शाखाले विभिन्न जातको सिमि, सागपात, फलफूल गाजर, आदिको बिउ वितरण गरेको छ।
पालिकाले वडा नं ३ उनापानीको गुसँमा कृषि भवन निर्माण गरेको अध्यक्ष रोकायले जानकारी दिए । उक्त भवनमा कृषिजन्य उत्पादनको सङ्कलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने उनले बताए