गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन आज एक वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले बन्द गरेको थियो तर भिपिएन लगायतका विभिन्न सफ्टवय मार्फत भने चलीरहेकै थिए, उक्त सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन भ्रष्टाचार, राजनीतिक बेथिति, नातावाद, बेरोजगारी र सुशासनको मागसहित देशव्यापी विद्रोहमा परिणत भएको थियो ।
आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, पुर्वप्रधान न्यायधिर शुसीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो र प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गते निर्वाचन भयो । उक्त निर्वाचन मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले २७५ मध्ये १८२ सिट जित्दै ठूलो जनादेश प्राप्त र्गयो । यसलाई जेनजी आन्दोलनपछि आएको सबैभन्दा ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ । अप्रत्यासित ढंगबाट सोच्दै नसोचेका कयौँ अभियान्तहरु भनिने, कलाकार पत्रकार देखी विभिन्न पेष व्यवषायमा आवद्ध नागरीकहरु सांसद भए ।
तर आन्दोलनको मूल्य भने निकै ठूलो रह्यो । आन्दोलनमा सहादत प्राप्त गरेका र परिवार गुमाएकाहरुको आसु भने जस्ताको तस्तै छ । विभिन्न सरकारी विवरण अनुसार आन्दोलनका क्रममा ७६ जनाभन्दा बढीको मृत्यु र दुई हजारभन्दा बढी घाइते भए । सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुग्यो । विश्व बैंकले आन्दोलनबाट नेपालको अर्थतन्त्रमा करिब १ दशमलब ३ प्रतिशत जीडीपी बराबरको क्षति भएको अनुमान गरेको छ । तर क्षेती भएका संरचनाहरु अहिले पनि जस्ताको तस्तै देखीन्छ ।
हुम्लाले के पायो र के गुमायो ?
देशका शहरी क्षेत्रको तुलनामा हुम्लामा आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रह्यो । तर जिल्लामा भएको आन्दोलनमा नभएपनि जिल्लासँग जोडिएका मानवीय र भौतिक क्षति भने केही भएको देखिन्छ । काठमाडौंमा भएको जेनजी प्रदर्शनमा सहभागी भएपछि नाम्खा–३ का २४ वर्षीय थुक्तेन पाल्जोर लामा सम्पर्कविहीन भएका थिए । उनको अवस्था अझै रहस्यमै छ भनेअहिले सम्म उनको केही पत्ता लागेको छैन ।
त्यसैगरी, सिमकोट गाउँपालिकाको एम्बुलेन्स जेनजी आन्दोलनका क्रममा सुर्खेतमा जलाइयो । यसले दुर्गम जिल्लाको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्ने सार्वजनिक सम्पत्तिको क्षति गर्यो ।
अर्कोतर्फ, आन्दोलनपछि युवाहरूले सार्वजनिक सेवा र पारदर्शिताका विषयमा स्थानीय तहमा पनि दबाब बढाएका छन्, हवाई टिकट वितरणमा पारदर्शिता माग गर्दै भएको दबाबपछि बिरामी र सरकारी कर्मचारीका लागि निश्चित टिकट व्यवस्था तथा अग्रिम सूचना दिने सहमति हुनु त्यसको एउटा उदाहरण हो । यता विभिन्न स्थानीय तहमा युवाहरुले शुसासनको चर्को दबाब दिने काम निरन्तर भइरहेकै देखिन्छ । तर हुम्लाका सडक, हवाई सेवा, रोजगारी, स्वास्थ्य, शिक्षा, महँगी र सञ्चारजस्ता पुराना समस्या भने अझै समाधानको प्रतीक्षामै देखिन्छन् ।
खोजेको के थियो, भयो के ?
मलाई लाग्छ जेनजी आन्दोलनले केवल सामाजिक सञ्जाल मात्र खोल्न माग गरेको थिएन । यसको मूल उद्देश्य भ्रष्टाचार नियन्त्रण, जवाफदेही शासन, राजनीतिक सुधार, रोजगारी र युवाको भविष्यसँग जोडिएको थियो । अर्को कुरा पुराना २७५ लाई फालेर नयाँ युवालाई सांसद बनाउनु मात्र थिएन पुराना मानसिकताहरु भत्काएर नविन सोचधारण गर्नुपनि थियो तर त्यसो हुँन सकेन । अहिलेपनि तपाई हामी सामाजिक सञ्जाल हेरीरहेकैछौ पुरानाहरुलाई धारेहात लगाउनेहरुनै अहिले उहि मानसिकतामा हिडिरहेको प्रष्टै देख्न सकिन्छ ।
एक वर्षमा सरकार र सत्ता बदलिए, नयाँ राजनीतिक शक्तिले ठूलो जनादेश पायो र सुधारका प्रतिबद्धताहरु एकसय दिने सार्वजनिक भए । तर ती प्रतिबद्धता नागरिकको दैनिक जीवनमा कति रूपान्तरण भए भन्ने प्रश्न अझै सबैका लागि खुला नै छ । त्यसैले जेनजी आन्दोलनको एक वर्षलाई ‘सरकार परिवर्तनको सफलता’ भन्दा ‘शासन परिवर्तनको अपूरो परीक्षा’ का रूपमा हेर्नुपर्ने अवस्था आएको छ ।
२०५२ सालदेखी माओबादीले उठाएको ससस्त्र जनगुद्ध, २०६२।०६३ को जनआन्दोलन पनि अपुरो भएको विश्लेषण गरीरहेका बेला गएको १० गते गएको रसुवा बाढी जस्तै एकैदिन भएको त्यो अप्रत्यसित आन्दोलनले देशमा ठुलैपरिवर्तनको अपेक्षा गरिएको थियो तर सत्त परिवर्तनमा सिमित देखियो ।
हुम्लाको दृष्टिले पनि प्रश्न उस्तै छ—युवाले अब आफ्नै गाउँमा भविष्य देख्न पाउनेछन् कि फेरि रोजगारी र अवसर खोज्दै बाहिरिनुपर्ने अवस्था जस्ताको तस्तै छ । हुम्लाले पनि नेकपा माओबादीबाट जितेर गएका सांसद कार्चन लामाको ठाउँमा जयपति रोकायालाई ल्याउनु, जिल्लामा रास्वपाको नाम मात्रै सुनिएको अवस्थामा जेन्जी अगुवाको नाममा देखिएकी नाम्खाकी नवयुवती टासी लाजोम राजनितिमा आई हुम्लाबाट प्रत्यक्ष चुनाबमा होमीनु र रास्वपाको मतमा परिपर्तन देखीनुमै सिमित देखीन्छ ।
जेनजीले उठाएको असन्तुष्टि सडकबाट मतपत्रसम्म पुगेको छ । अब त्यसलाई सुशासन, रोजगारी, अवसर र नागरिकको जीवनस्तरमा देखिने परिवर्तनमा बदल्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हो ।–––कालीबहादुर थापा