हुम्ला- सर्केगाड गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अकिल बहादुर कार्किले वडा नम्बर २ र ३ मा रहेको लालिगुरँस माविलाई शैक्षिक गुणस्तर सुधारको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । उक्त रकम नितान्त ब्याक्तीगत रहेको बताए ।
यस वर्षलाई गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको वर्षको रुपमा लिएको बताउदै अध्यक्ष कार्किले शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक,विद्यार्थी,अभिभावक लगायत शिक्षा संबद्ध सम्पूर्ण सराेकारवालाहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उनले पुन भने शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो ।
विद्यालयकाे गुणस्तर सुधार गर्नका लागि अब पालिकाले विद्यालय सँग र विद्यालयले शिक्षकहरू सँग कार्य सम्पादन सम्झौता गरेर अघि बढ्नु पर्ने वडा अध्यक्ष कार्कि को भनाइ रहेको छ।
पछिल्लो केही वर्ष यता भौतिक संरचना निर्माणसँगै शैक्षिक गुणस्तर पनि वृद्धि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल महताराले बताए ।
उनले पुन भने विद्यालय परिवारको तर्फ बाट वडा अध्यक्ष लाइ धन्यवाद दिनु भयो। वडा अध्यक्षले सो इच्छाले दिनुभएको रकम आवश्यक कामको लागि लगानि गर्ने भताउनु भयो। विद्यालयमा शैक्षिक सामग्री, खेलौना र शिक्षकहरुका लागि पटक–पटक समय सुहाउँदो तालिमको व्यवस्था हुन थालेपछि विद्यार्थीहरुमा बढ्ने बानीको विकास हुनुका साथै पढाइमा रुची बढ्ने गरेको उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक कालि बहादुर महताराले शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्रधानाध्यापक महताराले समयमै तह गत विषय शिक्षककाे व्यवस्था नहुदा पठनपाठनमा समस्या भएको बताउनुभयो । आगामी शैक्षिक सत्रमा विद्यालयकाे शैक्षिक सिकाई उपलब्धि वृद्धि गर्न आफूहरू प्रतिबद्ध रहेको बताउदै प्रधानाध्यापक महताराले अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई घरमा पठनपाठनकाे वातावरण मिलाउनु पर्ने बताउनुभयो