हुम्लाको चंखेली गाउँपालिका वडा नं २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा बोलेरा जिप दुर्घटना हुँदा घाइते भएका ४ जनाको हेलीकप्टर मार्फत उद्धार भएको छ । शख्त घाइते ४ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
मौषम प्रतिकुलताका बाबजुत पनि सिम्रिक एअरको हेलिकप्टर मार्फत शख्त घाइते भएका चार जनाको उद्धार गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भएको छ । उहाँका अनुसार चंखेली गाउँपालिका वडा नं २ का सुरेन्द्र बहादुर शाही, तिल बहादुर शाहि,रारा छायाँनाथ नगरपालिका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएको बताउनु भएको छ ।
जिपमा सवार ७ जना मध्ये बाँकी ३ जनालाई सामान्य घाइते भएकाले उनिहरुलाई एम्बुलेन्स मार्फत मुगु जिल्ला अस्पताल गमगढी पुगाउने तयारी भैरहेको बताउनु भएको छ । हेलीकप्टर भाडाबापत लाग्ने सम्पूर्ण शुल्क अहिले तत्काल गाउँपालिकाले विपद् कोषबाट व्यवस्थापन गर्ने बताउँदै यसमा सहयोग गर्न प्रदेश सरकार, संघिय सरकार र अन्य सरोकारवाला निकायलाई आग्रह गरीरहेको पनि बताउनु भएको छ ।
आज बिहान हुम्लाको चंखेली गाउँपालिकामा लगभग आठ बजेको समयमा दार्मबाट गमगढी जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा जिपमा सवार सातै जना घाईते भएका थिए ।
कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चालक सहित सात जना सवार रहेको ४ जना शख्त घाइते भएको र ३ जनाको अवस्था सामान्य घाइते भएका थिए । शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएका थिए भने बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएको बताएका थिए ।
गाडी पूर्ण रुपमा क्षति भईसकेको छ । गाडी लगभग ५० मिटर तल खसेको जनाईएको छ ।