नेकपा एमाले केन्द्रीय कमिटिको बैठकले मा, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान सञ्चालन गर्ने सर्कुलर जारी गरे लगत्तै नेकपा एमाले हुम्लाको टोली हरेक गाउँपालिकामा पुगरे भेला तथा बैठक गरि रहेको छ ।
माघ १४ गते बसेको जिल्ला कमिटिको बैठकले जिल्लाका सबै गाउँपालिकाहरुमा जिल्ला कमिटिका पदाधीकारीहरु सम्मिलित गाउँ कमिटिका पुर्ण बैठकहरु सम्पन्न गर्ने निर्णय गरेसँगै जिल्लाका खार्पु नाथ गाउँपालिकाहरु जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँ कमिटिको बैठक सकेर भोली अदानचुली गाउँकमिटिको बैठक गर्ने तयारीमा रहेको छ ।
जिल्ला कमिटिका अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष, सचिब तिर्थराज बोहोरा सँगै जिल्ला कमिटिका पदाधीकारीहरु र सदस्यहरु, विभिन्न भात्री सगठनका पदाधीकारीहरु सहितका सदस्यहरुको उपस्थितीमा माघ १९ गते खार्पुनाथ गाउँ कमिटिको बैठक बस्यो जसले फागुन १ गते देखी वडा कमिटिका पुर्ण बैठकहरु गर्ने निर्णय गर्यो जसमा वडा नम्बर १ र २ मा फगुन २ गते, वडा नम्बर ३ मा माघ २६ गते, वडा नम्बर ४ फागुन ७ गते र वडा नम्बर ५ मा माघ २५ गते बस्ने निर्णय गरेको छ ।

यसैगरी सर्केगाड गाउँ कमिटिको बैठक माघ २० गते बस्यो उक्त बैठकले पनि पार्टी केन्द्रले घोषणा गरेको तिन महिने वडा केन्द्रित अभियानमा केन्द्रित भएर कार्यविभाजन, नवीकरण, नयाँ आवेदन, शुद्धिकरण र पार्टी संगठनमा भएका विविध गतिविधिहरूको समीक्षा गर्दै वडा कमिटिका बैठकहरुलाई तत्काल सञ्चालन गर्ने निर्णय गर्यो । सर्केगाड गाउँपालिकाको वडा नम्बर १ मा फागुन २ गते, वडा नम्बर २ मा फागुन ८ गते, वडा नम्बर ३ मा ९ गते, वडा नम्बर ४ मा १० गते, वडा नम्बर ५ मा ४ गते, वडा नम्बर ६ मा ७ गते, वडा नम्बर ८ मा ६ गते बैठक गर्ने निर्णय गरेको छ ।

यस्तै चंखेली गाउँपालिका २१ गते बैठक बस्यो उक्त गाउँ कमिटिको बैठकले पनि वडा नम्बर १ मा फागुन १० बैठक बस्ने, वडा नम्बर २ मा ६ गते, वडा नम्बर ३ मा ८ गते, वडा नम्बर ४ मा १३ गते, वडा नम्बर ५ मा फगुन २९ गते र वडा नम्बर ६ मा ५ गते बैठक बस्ने निर्णय गरेको छ ।

यता २३ गते बसेको ताँजाकोट गाउँ कमिटिको बैठकले पनि सोही अनुसारको समिक्षा गर्दै वडा नम्बर १ मा फागुन १५ बैठक बस्ने, वडा नम्बर २ मा १० गते, वडा नम्बर ३ मा १४ गते, वडा नम्बर ४ मा ५ गते र वडा नम्बर ५ मा फगुन ७ गते बैठक बस्ने निर्णय गरी पार्टी केन्द्रले घोषणा गरेको तिन महिने वडा केन्द्रित अभियानमा केन्द्रित भएर कार्यविभाजन, नवीकरण, नयाँ आवेदन, शुद्धिकरण र पार्टी संगठनमा भएका विविध गतिविधिहरूको समीक्षा समेत गरेको जिल्ला कमिटिका अध्यक्ष ज्ञामी बुमीको भनाई छ ।
भोली अर्थात माघ २५ गते अदानचुली र सिमकोट गाउँ कमिटिको बैठक बस्ने तयारी भैरहेको पनि बताए ।
