सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो ।
गाउँँपालिकाका आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको स्वास्थ्य संयोजक नर भण्डारीले बताउनु भयो ।
सबै वडाहरु वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन अनुसार गाउँपालिका भरी शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ५५५ जना रहेका छन ।
जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ बालबालिका,ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा १० जना, जिल्ला अस्पतालमा ७३ जना, माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, र स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिकाहरुको अनुगमन गरे पश्चात आज गाउँपालिकाले पुर्ण खोप सुनिश्चीत घोषणा गरीएको संयोजक भण्डारीले बताउनु भयो । खोप लिई रहेका जन्मे देखि पन्द्र महिना सम्मका बालबालिका भने १८४ जना रहेको बताउनु भयो ।
जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका संयोजक शिबराज शर्माको प्रमुख आतिथ्यमा घोषणा गरीएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, लगायत कार्यलय प्रमुखहरु, स्वास्थ्यक्रमीहरु तथा सञ्चारक्रमी लगायतका उपस्थिीती रहेको बताउनु भएको छ ।
सोही कार्यक्रमको अवसरमा खोप कार्यक्रमलाई सहयोग गर्ने ४ जना सञ्चारक्रमीहरुमा पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपुर्णक्रमी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदर पत्रले सम्मान गरीएको छ । साथै ८ वटै वडामा कार्यरत स्वस्थ्यक्रमीलाई पनि सम्मान गरीएको छ ।