एकिकृत समाजबादीले हुम्लाका ४ वटा स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ । पाटी केन्द्रको सर्कुलर अनुसार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार आज जिल्लाको खार्पुनाथ, चंखेली, ताँजकोट र अदानचुली गाउँपालिकामा गाउँपालिकाको सकग्रह विकास निर्माणलाई जोड दिदै ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय तहका कमिटिहरुले खार्पुनाथमा उपाध्यक्ष ज्ञानबहादुर सिंह, चंखेलीका उपाध्क्ष प्रेमकला शाही, ताँजकोटमा उपलब्ध क्रमचारीहरु र अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायालाई ज्ञापन पत्र बुझाएको जिल्ला पार्टी कार्यालय स्रोतले जनाएको छ ।
तत्काल पार्टीले सुशासन र रोजगारी, समाजबादको तयारी भन्ने मुल नारा अगाडी सारेर जनताको पक्षमा आवाज बुलन्द गर्दै आन्दलनमा होमिएकोले यस अघि प्रधानमन्त्री, मुख्यमन्त्री देखी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेस गगरीसकेकाल अब सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने क्रम चलीरहेको पाटी पोलिट ब्युरो सदस्य हस्तबहादुर शाहीले बताउनु भयो ।
संविधानमा उल्लेखित मौलिक हकको प्रभावकारी कार्यान्वयन गरौं, भू उपयोग ऐन २०७६ बमोजिम जमिनको वर्गिकरण गरी जनताको सुरक्षीत आवासको ग्यारेन्टी गरौं । जमिनको खण्डिकरणलाई नियन्त्रण गर्दै कृषि उत्पादन वृद्धि गरौं भन्ने एजेण्डाहरुहरु उक्त ज्ञापनपत्रमा समेटीएको छ ।
पहाडको बाँझो र रुख नभएको वन क्षेत्रमा फलफुल र जडीबुटी खेतीको योजनावद्ध विकासको अभियान सुरु गर्ने, हाम्रो प्राकृतिक स्रोत साधनका रुपमा रहेको जल जंगल जमिन र जडीबुटीलाई उपयोग गर्ने गरी स्थानीय निति तथा कार्याक्रमको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । भौतिक पुर्वाधार विकासमा संघ प्रदेश र स्थानीय तहमा रहेको दोहोरोपनको अन्त्य गर्ने,किसानको लागि बिउ सिचाई मल विजुलिमा पर्याप्त अनुदान सवैलाई प्राविधिक सेवा, विमाको व्यबस्था, वालि वस्तुको समर्थन मुल्य निर्धारण र उत्पादित बस्तु विक्रि र बजारीकरणको ग्यारेन्टि गर्न माग गरिएको छ ।
यस्तै विदेशियका युवाहरुलाई स्वदेश फर्काउ कृषि उत्पादन वृद्धि गरौं भन्ने कृषि कार्यक्रम बनाई लागु गरी सहकारी कृषि कार्यलाई उच्च प्राथमिकता दिने कार्यक्रमलाई लागु गरी सिँचाई कार्यक्रमलाई जोड दिनु पर्ने उल्लेख गरिएको छ ।
खाद्यान्न फलफुल मासु दुध तरकारी जस्ता स्थानिय उत्पादनको कच्चा पदार्थमा आधारित उद्योगको विकासका लागि विशेष व्यवस्था गर्नुपर्ने, नेपालका परम्परागत मौलिक प्रविधिको संरक्षण र विकासका लागि योजना बनाउनु पर्ने, रोजगारि र उद्योगको विकासमा योगदान गर्ने उद्यमि कर्मचारी, निर्वाचित प्रतिनिधि, राजनितिक कार्यकर्ता संचारकर्मिलाई प्रोत्साहित गर्नुपर्ने र सबै वालवालिकालाई विद्यालयको पहुँचको जिम्मेवारी स्थानीय पालिकाले शिक्षाको गुणस्तरको जिम्मेवारी शिक्षक र सवै व्यवस्थापकिय संयोजनको जिम्मेवारी व्यवस्थापन समितिले गर्ने गरि जिम्मेवारी बाँडफाँड गरौं र प्रभावकारी रुपमा कार्यान्वयन गरौं भन्ने एजेडा पनि उल्लेख गरीएको छ ।
आमाबुवा दुवै वा आमा र बुवा मध्ये कुनै एक गुमाएका बालबालिकाको शिक्षा तथा पालनपोषणको पुर्ण रुपमा व्यवस्था गर्ने ग्यारेन्टी गर्नु पर्ने, सुरक्षित मातृत्व सम्बन्धि कार्यक्रमलाई वडा, टोल र घर परिवारसम्म थप प्रभावकारी बनाउनु पर्ने, लघु जलबिद्युत्त, सौर्य उर्जा, वायु उर्जा जस्ता उर्जाका कार्यक्रमहरुलाई योजनावद्ध विकास र विस्तार गर्नु पर्ने समेत माग राखिएको छ ।
स्थानीय तहको यातायात सुविधालाई व्यवस्थित गर्नका लागि निम्न सडकहरुको स्तरोन्नति गरि निर्माण कार्यलाई अविलम्ब पुरा गर्नुपर्ने,छाल देखि भाँडकुकाया हुँदै कल्खे सडक खण्ड निर्माण गर्न जोडदार माग गरिएको छ । अदानचुलीको रिङ रोडलाई जोड्न यथासिघ्र कार्य संचालन गर्नुपर्ने, सबै गाउँबस्ति जोड्न र निर्माण भएका सडक कालो पत्रे गर्नु पर्ने र मकै ठाना विगोठी हुँदै लमई पाल्स रोड यथासिघ्र कार्य संचालन गर्न जोडदार माग गरीएको छ ।
हाम्रो पालिका भित्र रहेका प्राकृतिक तथा धार्मिक स्थानहरुको भौतिक पुर्वाधार विकास गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पर्ने, एक घर एक स्वच्छ खानेपानिको धाराको अवधारणा अनुसार सबै जनतालाई स्वच्छ खानेपानिको प्रबन्ध गर्नुपर्ने, हरयो बन नेपालको धन भन्ने भनाईलाई सार्थक बनाऔं बन जंगलको रक्षा गर्दै बनलाई जडीवुटी उत्पादन र जिविको पार्जन कार्यक्रमसँग जोडी लागु गर्नु पर्ने विषय समेत समेटीएको छ ।
जलवायु परिवर्तनको असरलाई रोकथाम गर्नको लागि बातावरण तथा पर्यावरणिय सरक्षण कार्यक्रम संचालन गर्नुपर्ने, भुकम्प बाढी पहिरो, आगजनि लगायत विभिन्न प्रकोप बाट निम्तिने विपद्हरुलाई तत्काल समाधान गर्न स्थानिय विपद् व्यवस्थापन संयन्त्रलाई समुदाय स्तरसम्म विस्तार गरि प्रभावकारी रुपमा सचालन गर्नु पर्ने लगायतका माग समेटीएको छ ।
थप मागहरु
स्थानिय तहको न्यायीकपालिकालाई न्यायिक सुधार र सुशासनको मुल आधार बनाऔं ।
सबै सार्वजनिक निकायहरुमा पारदर्शि सुचना प्रणाली लागु गरी विकासमा नागरिक सहभागिताको सुनिश्चितता गरौ ।
जातिय छुवाछुत, लैङ्गिक विभेद, महिला हिंसा, घरेलु हिंसा, बाल श्रम, बालविवाह, मानव वेचबिखन, लागु औषध दुव्र्यसनि, छाउपडि, बोक्सि, विभिन्न कुप्रथा, बलात्कार, हत्या, दकन तथा उत्पिडन र सबै प्रकारका भेदभाव विरुद्ध प्रभावकारी कानूनि तथा प्रशासनिक व्यवस्था गरी शैक्षिक संस्था, संचार माध्यम, विभिन्न सरकारी तथा गैर सरकारी संस्था र राजनीतिक पार्टिका अभियानहरु संचालन गरौं ।
सशस्त्र द्वन्द्वबाट प्रभावित महिला, बालबालिका, बेपत्ता, सहिद परियार, घाईते र अपाङ्गता भएकाहरुको उचित सम्मान, स्वास्थ्य उपचार, शिक्षा, आयआर्जन र रोजगार सम्बन्धी कार्यक्रम संचालन गरौ ।
श्रमिकहरुको न्युनतम पारिश्रमिकमा सुधार र एकरुपता कार्यान्वयनमा कडाईका साथ अनुगमन गरौ ।
बजारमा म्याद नागेका वस्तुको बिक्रि र महंगि साथै कालोबजारी जस्ता उपभोक्ता हित विपरितका कामहरु बढ्दै गएकोले प्रभावकारी बजार अनुगमनमा जोड दिईनुपर्ने ।
स्थानिय सरकारले समयमा बिकास योजनामा बजेट खर्च नहुदा आयोजना चौपट पर्ने बजेट फ्रिज जाने परम्परालाई रोक्न जोडदार माग गर्दछौ ।
पालिकामा विभिन्न खालका कार्यहरुलाई करको दायरामा ल्याई राजस्व संकलन गर्ने कानून निर्माण गरौ ।
अदानचुली गाउँपालिकामा शिक्षामा भएको अस्तव्यतालाई गुणस्तर शिक्षमा बदल्न शिक्षा सम्बन्धी स्थानिय कानून निर्माण गरी दक्ष जनशक्तिको व्यवस्थापन गरी प्राविधिक शिक्षालाई जोड दिन माग गर्दछौ ।
स्थानिय स्तरमा नेपाल सरकारले खटाएका सरकारी कर्मचारी आफ्नो जनसेवामा समर्पित हुन निरन्तरताको लागि माग गर्दछौ ।
भ्रष्टचार कमिशन जस्ता जनविरोधि गतिविधिलाई यथासिघ्र अन्त्य गरी सुशासन युक्त समानतामुलक समाज निर्माणको दिशातिर अगाडि बढौ ।
रोजगारी र सुशासनका लागि स्थानिय स्तरमा सर्वदलिय तथा सर्वपक्षिय सम्मेलन गरौ ।
नगरप्रमुखरअध्यक्ष ज्यू,
पटक पटक एउटै बाटोमा हिडेर नयाँ गन्तव्यमा पुगिदैन तथ्यलाई स्वीकार गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थाको मुल मर्मलाई पूरा गर्न नयाँ बाटोमा हिड्ने कोशिस गरौ। माथि उल्लेखित हाम्रा मागहरुलाई प्राथमिकतामा राखि स्थानिय सरकारको नीति तथा कार्यक्रम र बजेटमा संबोधन गर्दै हाम्रो पालिकाको समग्र विकासमा जोड दिन अनुरोध गर्दछौ ।
यतै विकास निमार्ण लगायतका विषयहरुलाई अगाडि सार्नु पर्ने विषयहरु उल्लेख गर्दै सबै गाउँपालिकामा ज्ञपन पत्र बुझाउने कार्यक्रम रहेको पनि बताईको छ । यता अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले ज्ञापन पत्र बुझ्दै माग जाहेज भएको र आफु सँधै समाजबादीको पक्षमा रहेको र समाजबादी काटीका पनि सरकारमा भएकाले पहिलो प्रयोस उनिहरुले गर्नुपर्ने बताउनु भयो ।