जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।
छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज शनिवार गाउँपालिकालाई घोषणा गरेको हो ।
गाउँँपालिकाका छ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको स्वास्थ्य संयोजक विनोद बुढाले बताउनु भयो ।
गाउँपालिका भरी ६ वटा खोप केन्द्र र अन्य छुटफुट गरी ७ वटा खोप केन्द्र बनाई खोप दिई रहेकाले सबै खोप केन्द्र हुँदै २ वटा स्वास्थ्य चौकी र त्यस पश्चात ६ वटै वडा घोषणा गरी सकेपश्चात आज गाउँपालिकालाई घोषणा गरेको हो । सबै खोप केन्द्र र बस्तीहरुमा गाउँपालिका सहित सञ्चारक्रमीहरुको उपस्थितीमा गरीएको अनुगमनका क्रममा सतप्रतिशत बालबालीकाले खोपाएको बताउनु भयो ।
अनुगमनका क्रममा लौठी स्वास्थ्य चौकी अन्त्रगत पर्ने लमही पाल्स खोप केन्द्रमा १ सय २९ जना, हिमालचुली खोपकेन्द्रमा ९४ जना र बारीगाउँ खोप केन्द्रमा १ सय २४ जना गरी जम्मा ३ सय ४७ जना बालबालीका भएकोमा सबै बालबालीकाले खोप पाएको लौठी स्वास्थ्य चौकी प्रमुख नविन भण्डाराले बताउनु भयो ।
यसै गरी श्रीनगर स्वास्थ्य चौकी अन्त्रगत पर्ने कल्खे मकै खोप केन्द्रमा ७८ जना, लौठी विगोठी खोप केन्द्रमा ९६ जना, श्रीनगर खोप केन्द्रमा १ सय ६२ जना र अन्य छुटफुट दौमुख लगायतका क्षेत्रका ५८ जना गरी जम्मा ३ सय ९४ जना बालबालीका भएकोमा सबै बालबालीकाले खोप पाएको श्रीनगर स्वास्थ्य चौकीका निमित्त प्रमुख प्रयोगलाल जैसीले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले करारक्रमचारीहरुको रोकिएको पारीश्रमीक केहि दिनमै उपलब्ध गराउने बचनपद्धता गर्दै सबैले आ आफ्नो ठाउँबाट गाउँपालिकालाई दिगोपना राख्न स्वास्थ्यक्रमीलाई अनुरोध गर्नु भयो भने कार्यक्रमका प्रमुख अतिथि समेत रहेको जिल्ला समन्य समितिका प्रमुख शिभराज शर्माले यस किसिमको अभियानमा सबैको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नु भयो ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका संयोजक शिबराज शर्माको प्रमुख आतिथ्यमा घोषणा गरीएको छ । सोही कार्यक्रमको अवसरमा यस अभियानलाई सहयोग गर्ने सबै स्वास्थ्य संस्थाहरु, भ्याक्सीनेट, सञ्चार संस्था रेडियो श्रीनगर र महिला स्वास्थ्य स्वयम् सेबीकाहरुललार्ई पनि सम्मान पत्रले सम्मान गरीएको छ ।
पुण खोपसुनिस्चीतता घोषणा गर्ने जिल्लाको चौथो गाउँपालिका रहेको छ । घोषणा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कर्णा रोकाया, प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारी, वडा अध्इक्ष, कार्यपालिकाका सदस्यहरु सहित सदस्यहरु, स्वास्थ्यक्रमीहरु, सञ्चारक्रमी, सुरक्षा क्रमी र महिला स्वास्थ्य स्वयम् सेवीकाहरुको उपस्थिती रहेको थियो