हुम्लामा वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा जिल्ला सदरमुकाम सिमकोटमा सरोकारवालाहरुलाई सहभागी गराई सुरक्षित आप्रवास (सामी) कार्यक्रम सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कर्णालीबाट बैदेशीक रोजगारमा जानेहरुको साथै हुम्लाको ताजा अवस्थाको बारेमा अभिमुखीकरण गरिएको हो । जिल्लामा रहेको सात वटै स्थानीय तहहरुमा रोजगारीको अवस्था र विदेशिएकाहरुको सुरक्षाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तथा अभिमुखिकरण गरिएको हो ।
बैदेशीक रोजगार सम्बन्धी जनचेतना, परामर्श, मनोसामाजिक कक्षा जनचेतनामुलक कार्य ग्रामीण बस्ती बस्तीहरुसम्म पुर्याउनुपर्ने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुरक्षित आप्रवासन(सिमा) कार्यक्रमका कार्यक्रम वरिष्ठ अधिकृत कमल रोकायाले बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, जिल्ला स्थीत सात वटै गाउँपालिकाका अध्यक्षहरु, उपाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, रोजगार संयोजक र जिल्ला स्थीत कृयासिल पत्रकारहरुको समेत उपस्थिती रहेको छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवं शोषणरहित बनाउदै प्राप्त विप्रेषणको सहि सदुपयोग गरि देशभित्रै रोजगारीको अवसरहरु सिर्जना गर्ने, आय आर्जनमा वृद्धि गरि भविष्यमा सहज जिविकोपार्जन गर्ने गराउने उद्देश्य राखिएको बताउनु भयो ।
आ.व ०८०।०८१ को लागि नेपालबाट श्रम स्वीकृति प्रदान गरिएको मुलुकभरको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको छ । जसमध्ये कर्णाली प्रदेशबाट मात्र २४ हजार १ सय ७५ जना रहेको छ ।
कर्णाली प्रदेश बाट श्रम स्वीकृति लिएको हुम्ला जिल्लाको रेकर्ड अनुसार पुरुष ४ सय ९१ जना र महिला ७० जना गरी जम्मा पाँच सय ६१ जना रहेको अभिलेखमा रहेका छन ।
मन्त्रालयले शनिवार सिमकोट पुगेर सुरक्षित आप्रवासन(सिमा) कार्यक्रमको अवश्था र आगामी योजनाको बारेमा मन्त्रालयबाट खटिएका प्रदेस लेखा अधिकृत धनप्रशाद शर्माले अभिमुखीकरण गराउनु भएको छ भने वैदेशिक रोजगार बोर्ड, विमा र सामाजिक सुरक्षा कोषका सेवाहरुको बारेमा बोर्डका सचिवालयबाट खटिएका बिस्णु अर्याले अभिमुखीकरण गराएका हुँन् । –––कालीबहादुर थापा