हुम्लाको अदानचुली गाउँपालिकालाई चिनिया सरकारले सुचना प्रविधि सम्बन्धी सामाग्रीहरु हस्तन्त्रण गरेको छ । आईतबार पुलान काउन्टी च्यानल डिकोरेसन कम्पनीले गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा बोलाएर हस्तान्त्रण गरेको हो ।
चीनको तिब्बत स्वायत्त क्षेत्र, अली प्रिफेक्चरको पुलान काउन्टीको विदेश मामिला कार्यालयका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष सिंह र यस अघिका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले गएको फेब्रवरी १७ मा गाउँपालिकाको लागि स्काभेटर ८० लाख, सुचना प्रबिधिका सहायता सामाग्रीहरुको लागि ९० लाख, पुर्वाधार विकास तर्फ लौठी स्वास्थ्य चौकी भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ र सल्लाघारी नमुना माध्यामीक विद्यालय भवन निर्माणको लागि ७१ लाख १३ हजार ४ सय ६४ गरी जम्मा ३ करोड १२ लाख २६ हजार ९ सय २८ रुपैया बराबरको सहायता सामाग्रीमा हस्ताक्षर गरे अनुसार पहिलो चरण सामाग्री आईतबार हुम्लाको हिल्सा नाकाबाट हस्तान्त्रण गरेको अध्यक्ष सिंहले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष सिंह सहित उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारी र ३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा उक्त स्थानमा गई सहायता सामाग्रीहरु बुझेको बताउनु भयो ।
चिनिया सरकारले यतिबेला पहिलो चरणको लागि सुचना प्रबिधि सम्बन्धी सामाग्रीहरु मात्र पठाएको र बाँकी एक स्काभेटर सहित पुर्वाधार विकास तर्फ दोस्रो चरणमा सहयोग गर्ने बताउनु भयो ।
यतिबेला लेनोभा डेस्टप कम्प्युटर १९ वटा, प्रिन्टर १९ वटा, प्रोजेक्टर ४ वटा, नोटबुक कम्प्युटर ७ वटा, मोनिटर एक सय वटा, स्वीच मेसीन २० वटा, भिडियो रेकर्डर ८ वटा, नेटवर्क केबल ४ वटा, मोनिटर कालोमा १० वटा, डेमो क्यामरा ७ वटा र क्यास्टा«ल हेडर ५ वटा बुझेर ल्याएको बताउनु भयो ।
यि सबै समाग्रीहरु गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरुको लागि सहायता सामाग्रीहरु भएकाले गाउँपालिकामा ल्याएर आवश्यकता अनुसार वितरण गरीने अध्यक्ष सिंहले बताउनु भयो । एक वर्षको निरन्तर प्रयासका बाबजुत यो सम्भव भएको बताए ।
चिनिया सरकारले यतिबेला नेपालमा हुम्लाको अदानचुली गाउँपालिका र सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकालाई मात्र सहायता सामाग्रीहरु हस्तान्त्रण गरेको छ । –––कालीबहादुर थापा


