हुम्लाको अदानचुली गाउँपालिका–१ कुम्णामा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको पुर्ण लगानिमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । यतीबेला हुम्लामा दुई वटा ३३/११ केभिएका दुई वटा सबस्टेसनहरु बनिरहेका छन् । हुम्लाको सदरमुका सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भैरहेका दुई वटा सबस्टेसनहरु निर्माणधिन अवस्थामा रहेका छन् ।
यि दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि हुम्लाका सात वटै गाउँपालिकामा गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण, हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनु भयो । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, हुम्लाको सिमकोट र अदानचुलीमा मात्र नभएर मुगु र बाजुराको विभिन्न क्षेत्रमा पनि विद्युत पहुँच विस्तार हुनेछ ।”
जिल्ला सदरमुकाममा हिल्दुम वितरण केन्द्रले जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युतको पहुँच पुर्याएपनि अन्य गाउँपालिकामा भने साना साना लघुजल विदुतहरुले कुनै कुनै गाउँमा मात्र विद्युतको पहुँचमा पुगेका छन् ।
जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत निकालेर विद्युत वितरण गरेको छ भने अदानचुलीमा हाल स्थानीय स्तरमा उत्पादन भएका १ सय किलोवाटका २ वटा विद्युत भएपनि पटक पटक बिग्रने भएपछि यतिबेला कुकुरफाल्ना जलविद्युत मात्र सञ्चालनमा छ तर पनि उक्त विद्युत सबै वडामा नभई ४, ५ र ६ वडाका केहि घरहरुमा मात्र बली रहेको छ यता वडा नम्बर १,२ र ३ का लागि बनेको छहराखेत जलविद्युतको पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुन निर्माण हुँन नसकि बन्द रहेको छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत आपूर्ति नियमित हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो ।
यतिबेला ३३ केभिएको सब्स्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिएको एल टी लाईन तान्ने काम भैरहेको निर्माणका जिम्मा लिएको न्यु स्मार्ट ईलेक्टीक एण्ड पलम्बिङ सर्भिस प्रा.लि. कम्पनीका सुनिल घिसिङले बताउनु भयो उहाँका अनुसार बाजुराको मार्तडी सब्स्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सब्स्टेसनमा आउने भएकाले यतिबेला नित हजार पोलहरु गाड्ने काम भैरहेको र सकेसम्म दशैमा यहाँ विद्युत बाल्ने तयारी भैरहेको बताउनु भयो ।
हुम्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन जिल्ला सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भैरहेको प्राधिकरण प्रमुख शाहले बताउनु भयो ।
हुम्ला र मुगुका चार वटा सब स्टेसन बनाउने जिम्मा डेट हेन्स टि सि कम्पनीले टेण्डर मार्फत जिम्मा लिएर अहिले सबै सब स्टेसनमा काम भैरहेको तुम्च सब स्टेशन कुम्णामा काम सञ्चालन गरी रहेका इन्जिनिएर योगेन्द्र रोकायाले बताउनु भयो । उहाँका अनुसार अहिले मुगुको खत्याड र माङ्ग्रीमा र हुम्लाको सदरमुका सिमकोट र अदानचुलीमा निर्माण भैरहेको बताउँनु भयो । यसको डेट लाइृन एक वर्षको भएकाले यतिबेला निरन्तर काम भैरहेको बताउनु भयो ।
राष्ट्रिय प्रशारण लाईनमा जोडिदै हुम्ला
गत २०८० साल भदौ २५ गतेका दिन मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको थियो । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको हो । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पुर्याएको थियोे ।
मुगु जिल्लामा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकोमा अबको ३।४ महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई अहिले जिल्ला सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तम्च र कुम्णामा अहिले सब स्टेसन बनाउने काम धमाधम भइरहेको छ । –––कालीबहादुर थापा