जेठ १८ हुम्ला । संघिय सरकारले हुम्ला जिल्लाको लागि आगामि आर्थिक वर्ष २०८२।०८२ को लागि ३२ करोड २७ लाख मात्र अनुदान दिने भएको छ ।
जेठ १५ गते संघिय सरकारको संयुक्त सदनलाई संबोधन गर्दै अर्थमन्त्री विष्णुप्रशाद पौडेलले प्रस्तुत गर्नु भएको १९ खर्ब बजेट वक्तब्यमा हुम्लाका स्थानिय तहको अनुदान बाहेक विशेस र समपुरक अनुदान गरी जम्मा ३२ करोड २७ लाख रुपैया मात्र दिने अनुदान दिने भएको छ ।
सात गाउँपालिका भएको हुम्लामा १८ वटा योजनाहरु मध्ये जिल्ला सदरमुकाम सिमकोटमा तिन वटा योजनाहरु परेका छन् । जसमा संघिय समपुरक अन्त्रगत वडा नम्बर ६ को प्रशासनिक भबन निर्माणको लागि १ करोड २० लाख, स्वास्थ्य संस्था सुधार कार्यक्रम, ठेहे र डाँडाफया स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टर निर्माणको लागि (क्रमागत) १ करोड र विद्यालय फर्निचर, शैक्षिक सामाग्री, कम्प्युटर र डिजिटल बोर्डको लागि ५४ लाख रुपैया विनियोजन गरिएको छ ।
जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा २ वटा आयोजनाहरु मात्रै परेको छन् जसमा झुला सामुदायिक भवन निर्माणको लागि ५० लाख र स्वास्थ्य ब्यबस्थापन तथा सुधार योजनाका लागि ५३ लाख रुपैया विनियोजन गरिएको छ । योसँगै संघिय समपुरक अनुदानका रुपमा खार्पुनाथ र सिमकोट गाउँपालिका अन्त्रगत पर्ने क्रमागत योजनाका रुपमा खार्पु– सिमकोट (मानसरवर प्रवेशद्धार) नमुना एकिकृत पुर्वाधार विकास कार्यक्रमको नाममा १२ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ । खार्पुनाथ गाउँपालिका संघिय सरकारका पुर्व पर्यटन मन्त्री तथा कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री माननिय जिवन बहादुर शाहीको गृह गाउँपालिका हो ।
जिल्लाको बिच भेगमा पर्ने पुर्व मुख्यमन्त्री माननिय जिवन बहादुर शाहीको गृह गाउँपालिका खार्पुनाथमा पनि २ वटा योजनाहरु मात्रै परेका छन् । गाउँपालिकामा खेलमैदान निर्माणको लागि संघिय समपुरक अन्त्रगत ६६ लाख र सुरक्षित नागरिक आवस कार्यक्रम (जस्ता छाना) को लागि संघिय विशेष अनुदान अन्त्रगत ६८ लाख रुपैया विनियोजन गरिएको छ ।
यता सर्केगाड गाउँपालिकामा ३ वटा योजना परेका छन् । भौगालिक हिसाबले ठुलो गाउँपालिका सर्केगाडमा संघिय समपुरक अन्त्रगत डाँडा साँया विद्यालय देखी बराई स्वास्थ्य चौकी भवन सम्म सडक निर्माण योजनाको लागि ५२ लाख, संघिय विशेष अनुदान अन्त्रगत प्रबिधि मैत्री पुर्वाधार, तथा क्षमता अभिबृद्धि कार्यक्रमको माध्यमबाट शिक्षाको गुणस्तर सुधार परियोजनाको लागि क्रमागतमा २ करोड ४० लाख र विशेष अनुदान अन्त्रगत सर्केगाड गाउँपलिका कृषि विकास, जिवनस्तर सुधार सहयोग तथा आयआर्जन विकास परियोजनाको लागि १ करोड ६५ लाख रुपैया विनियोजन गरेको छ ।
अर्को चंखेली गाउँपालिकामा पनि २ वटा योजनाहरु रहेका छन् संघिय समपुरक योजना अन्त्रगत वडा नम्बर ६ मा रहेको मेल्छाम स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड ४० लाख र विशेष अनुदान अन्त्रगत वडा नम्बर ३ मा रहेको नवज्योति आधारभुत विद्यालय शौचालय तथा शैक्षिक सुधार कार्यक्रमको लागि ७९ लाख रकम विनियोजन गरिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा ३ वटा आयोजनाहरु रहेका छन् जसमा समपुरक अनुदान अन्त्रगत गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ८१ लाख, विशेष अनुदान अन्त्रगत गाउँपालिकाको वडा नम्बर २,४,५ र ६ वडाको लागि बृहत्त खानेपानी आयोजनाको लागि ३ करोड ५० लाख र कफाडी लिफ्ट सिचाई, वडा नम्बर २ र ३ का लागि १ करोड २७ लाख रुपैया विनियोजन गरीएको छ ।
यस्तै ताँजाकोट गाउँपालिकामा पनि २ वटै योजनाहरु रहेका छन् समपुरक योजना अन्त्रगत गुरादेब पर्यटन पुर्वाधार कार्यक्रम, वडा नम्बर १ का लागि १ करोड २० लाख र विशेष अनुदान अन्त्रगत शैक्षिक सुधारका लागि माध्यामिक विद्यालय स्तरीय डिजिटल कार्यक्रमको लागि १ करोड ३७ लाख रुपैया विनियोजन गरिएको छ ।
एक संघिय निर्वाचन क्षेत्र रहेको हुम्लाबाट सिमकोट गाउँपालिकाको तोर्पा स्थायी ठेगाना भएका छिरिङ डम्डुल लामा(भोटे) नेकपा माओबादी केन्द्रबाट संघिय सांसदमा निर्वाचित भएका छन् भने दुई वटा प्रदेश निर्वाचन क्षेत्र भएको हुम्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका रहेको प्रदेश निर्वाचन क्षेत्र ख मा संघिय सरकारका पुर्व पर्यटन मन्त्री, पुर्व मुख्यमन्त्री समेत रहेका खार्पुनाथ गाउँपालिकाको खर्पेल गाउँ स्थायी ठेगाना भएका माननिय जिवन बहादुर शाही निवाचित भएका छन् यता जिल्लाको तल्लो क्षेत्र सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गरी ४ वटा गाउँपालिका भएको प्रदेश र्विाचन क्षेत्र क मा नेकपा माओबादी केन्द्रबाट अदानचुली गाउँपालिका वडा नम्बर १ को कल्खे घर भएका माननिय रणसिंह परियार प्रदेश सांसदमा निर्वाचित भएका छन् । उनि कर्णाली प्रदेश सरकारका यस अघि यर्जा जलस्रोत मन्त्री समेत भैसकेका छन् ।
यस्तै समानुपातिक तर्फ नेकपा माओबादी केन्द्रबाट सर्केगाड गाउँपालिकाकी जुम्कीत लामा, नेपाली काँग्रेशबाट अदानचुली गाउँपालिका ६ कि विजया बोहोरा ( अहिले उनि कर्णाली प्रदेश सरकारको उर्जा तथा जलस्रोत मन्त्री) र नेकपा एमालेबाट अदानचुली गाउँपालिका ५ का कलबहादुर हमाल कर्णाली प्रदेश सभामा रहेका छन् ।
सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत हुम्लाका स्थानीय तहमा २ अर्ब मात्र ।
सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब बढी रकम छुट्याएको छ ।
आर्थिक वर्ष २०८२।८३ का लागि प्रदेश र स्थानीय तहको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ छुट्याइएको हो ।
सबैभन्दा बढी स्थानीय तहको लागि रकम छुट्याइएको छ । स्थानीय तहका लागि ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ छुट्ट्याउँदा सात प्रदेशलाई ९७ अर्ब ५६ करोड ४ लाख छुट्याइएको छ ।
प्रदेशतर्फ भने सबैभन्दा बढी कर्णाली प्रदेशका लागि छुट्याइएको छ । कर्णालीका लागि केन्द्र सरकारले १६ अर्ब ४ करोड ७ लाख बराबरको वित्तीय हस्तान्तरण गर्दै गर्दा हुम्लाका ७ वटा गाउँपालिकालाई जम्मा २ अर्ब ३ करोड ८ लाख मात्र विनियोजन गरिएको छ ।
अदानचुली गाउँपालिकामा २१ करोड ६३ लाख, खार्पुनाथमा ३३ करोड ९१ लाख, चंखेलीमा २२ करोड ४७ लाख, ताँजाकोटमा २४ करोड २ लाख, नाम्खामा २१ करोड १ लाख, सर्केगाड४० करोड ३९ लाख र सिमकोट गाउँपालिकामा ३९ करोड ६५ लाख गरी जम्मा २ अर्ब ३ करोड ८ लाख बजेट विनियोजन गरिएको छ ।
जसमा चालु तर्फ १ अर्ब ५७ करोड ४४ लाख र पुँजिगत तर्फ ४५ करोड ६४ लाख विनियोजन गरिएको छ ।
गत वर्ष भन्दा २५ करोड थप
गत आर्थिक वर्ष २०८१।०८२ मा हुम्लाका ७ वटा स्थानीय तहमा १ अर्ब ७७ करोड २१ लाख रुपैया अनुदान पाएकोमा गत वर्ष भन्दा २५ करोड ८७ लाख रकम थप भएको छ ।
गत वर्ष अदानचुली गाउँपालिकामा २० करोड ९१ लाख, खार्पुनाथमा २५ करोड ८० लाख, चंखेलीमा २२ करोड १८ लाख, ताँजाकोटमा २१ करोड ८८ लाख, नाम्खामा २२ करोड २३ लाख, सर्केगाडमा ३२ करोड १२ लाख र सिमकोट गाउँपालिकामा ३२ करोड ९ लाख गरी जम्मा १ अर्ब ७७ करोड २१ लाख रुपैया अनुदान पाएको थियो ।
जसमा चालु तर्फ १ अर्ब ४६ करोड २७ लाख र पुँजिगत तर्फ ३० करोड ९४ लाख रुपैया विनियोजन गरिएको थियो । –––कालीबहादुर थापा