जेठ २२ हुम्ला । जिल्ला विपद व्यबस्थापन समिति हुम्लाले जिल्ला सदरमुकाम सिमकोटमा मनसुनजन्य विपद् (बाढी, पहिरो र चट्याङ) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य नमुना अभ्यास सञ्चालन गरेको छ ।
मनसुनजन्य विपद्सँगै जिल्लामा बाढी, पहिरो र चट्याङको जोखिमबाट बच्न तथा यसलाई न्युन गर्न विपद पुर्ब तयारी प्रतिकार्य व्यवस्थापन नमुना अभ्यास सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण पाण्डेयले बताउनु भयो ।
बाढी र पहिरोको सम्भावित घटनापछि उद्धार, प्राथमिक उपचार, राहत वितरण तथा सूचना व्यवस्थापनका विषयमा अभ्यास गरिएको थियो । सुरक्षाकर्मीहरूले घाइतेको उद्धार कसरी गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार र राहत वितरणका प्रक्रियाका बारे नमुना प्रदर्शन गरिएको छ ।
विपद् व्यवस्थापनमा संलग्न निकायहरूबीचको समन्वय र तयारीलाई सुदृढ बनाउन गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस सोसाइटी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानियबासीहरूको सक्रिय सहभागिता रहेको संयोजक पाण्डेयले बताउनु भयो ।
विपद् प्रतिकार्यका क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई मनसुन सक्रिय हुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।
विपद् व्यवस्थापनमा संलग्न निकायहरूबीचको समन्वय र तयारीलाई सुदृढ बनाउने र विपद् आउनु अघि नै यस्ता तयारी गर्नु आवश्यक रहेको र नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्य टोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्य टोलीलाई नमुना अभ्यास गरिएको हुम्ला ससस्त्र प्रहरी प्रमुख देबराज राईले बताउनु भयो ।
हुम्ला जिल्लामा प्राय भिरालो जमिन रहकाले अधिकांश भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समस्या बढी हुने भएकाले पहिरो गएपछि परेको जनधनको क्षतिबाट बचाउन गरिने प्रयास, मृतक तथा घाइतेहरूको उद्धार तथा राहत, उपचार प्रणाली, सूचना संकलन तथा अद्यावधिक, समुदाय परिचालन सहितका विषय ‘नाटकीय’ शैलीमा प्रस्तुत गरिएको सप्रनाउ राईले बताउनु भयो ।
हरेक वर्ष हुम्लामा बाढी पहिरोमा परि एक जनाको ज्यान गएको थियो भने तिन जना बेपत्ता भएका थिए । ७० भन्दा धेरै पशु चौपायाहरुको मृत्य तथा ९ वटा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयो । उहाँका अनुसार गत वर्ष ४६ वटा घरहरु, ७ वटा गोठ, ५ वटा शौचालय, दुई विद्यालय भबन, २ वटा मठमन्दीर, १३ वटा पुल, एक जलविद्युत, ३६ वटा नहर पुर्ण रुपमा भत्कीएको बताउनु भयो यो सँगै आंशिक र जोखीम गरी १ हजार १४ वटा घरटनाहरु भएको बताउनु भयो ।
गत वर्ष धेरै क्षती भएकाले यस वर्ष समयमै अभ्यास कार्य गरी थप घटना हुँन नदिन र यदी घटना भएपनि तत्काल खोज तथा उद्धार गर्न सहज हुँने भएकाले अभ्यास गरीएको बताउनु भयो । –––कालीबहादुर थापा