सिमकोट । सदरमुकाम सिमकोट देखि ३३–३७ किलो मिटर कोस टाडा रहेको खार्पुनाथ गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको खार्पुनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निति योजना तथा सुझाव सकलनको कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहले सुशासन र पारदर्शिता नगरेको गुनासो पालिकाका आम नागरीकहरुले गरेपनि उनिहरुको उपस्थित न्यून रहेको थियो । गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा गर्ने भनेर सदरमुकाममा रहेका सञ्चार माध्यमबाट सुचना सार्वजनिक गरेपनि नागरीकको नै उपस्थित निकै काम रहेको थियो । गाँपालिकाको प्राङ्गगाणमा गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक प्रगतिको विवरण सार्वजनिक गरेपनि एक देखि पाँचवटा वडाका नागरीकको उपस्थित भने फाट्ट फुट्ट रहेको थियो ।
यस आर्थिक वर्षमा खापुनार्थ गाउँपालिकाले सञ्चालन गरेका विषयगत समिति अन्तर्गतका सबै गतिविधि प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकामा कुल विनियोजित रु ३९ करोड ८३ लाख ८४ हजार आठ सय १२ रुपैयाँ रकम थियो भने हालसम्म १९ करोड २७ लाख ९ (नौँ) हजार एक सय १३ रुपैयाँ अर्थात ४८.३७ प्रतिशत खर्च भएको छ । बाँकि रकम २० करोड ५६ लाख ७५ हजार छ सय २८ रुपैयाँ खर्च गर्न बाँकि रहेको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनुभयो ।
खार्पुनाथ गाउँपालिकाको बेरजुमा आर्थिक वर्ष २०८०/८१ मा मलेप को रिपोट अनुसार ०.७१ प्रतिशत कायम भै हुम्ला जिल्लामा कम बेरजु हुने गााउपालीमा पर्ने र कर्णाली प्रदेशको पाँच औं स्थानमा सफल भएको छ । यस्तै २०७९/८० मा बेरुजु छ करोड ५६ ला ३३ हजार कायम रहेकोछ भने २०८०/८१ को बेरुजु ६१ लाख ८५ हजार रेको छ । खार्पुनाथ गाँउपालिकाको स्थापना २०७४ साल देखिको कुल बेरुजुको अंक ७ करोड १८ लाख १८ हजार छ भने यो सबै बेरुजु रकम असुली गर्नु पर्ने होइन यसमा पनि कुनै असुली गनु पर्ने र कुनै निल गर्ने,कोहि आवश्यक कागजात नपुगेको पेस गर्नु पर्ने भएको प्रमुख प्रशासकीय शाहीले बताउनु भयो ।
खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले सार्वजनिक सुनुवाइको महत्त्वलाई औंल्याउदै हामी जनताको आवाजलाई सुन्न र समावेशी भएकोयो जनाहरू तयार गर्न यो कार्यक्रम सञ्चालन गर्दैछौं। यसले जनतासँगको सीधा संवादलाई सुदृढ पार्ने काम गर्नेबताएका छन ।
जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु योजना माग्ने बेला निवेदान ल्याएर अध्यक्ष, उपाध्यक्ष , प्र्रमुख प्रशासकीय अधिकृत भेट्ने र योजना माग्गे सार्वजनिक सुनुवाइमा उपस्थित न्यून भएको नेकपा एमाले हुम्लाका उपअध्क्षय प्रकाश बहादुर शाहील बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको विभिन्न योजनाहरूको बारेमा विचार, सुझाव, सल्ह र प्रश्न गरेका गरेका थिए । विशेष गरी, स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका सुधारका लागि विभिन्न सुझाव र प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल , उपअध्यक्ष ज्ञान बहादुर सिंह, एकदेखि पाँचसम्मका वडाध्यक्ष , विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही , स्थानीय नागरिक लगायत सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो ।