हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीको औल गाउँमा आइतबार राति आगलागी भएर आठवटा घर जलेर पूर्णरुपमा नष्ट हुँदा रु एक करोड रुपैयाँ बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरलले बताउनु भएकाे छ ।
प्रहरी र स्थानीयबासीहरूले आगो नियन्त्रण गरी क्षति कम गर्न सफल भएका थिए ।
आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी पोखरेलले बताउनुभयो ।
आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलको भनाई छ ।
आगलागी हुँदा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् ।