हुम्ला । विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएका जिमानवासीको घर घरमा धारा पुगेपछि स्थानीय खुसी भएका छन् । गाउँभरि एक धारमा पानी भरेर खाँदै आएका गाउँका मानिसहरूको घरघरमै पानी पुगेपछि स्थानीय सरकारका प्रमुखलाई गाउँवासीले फुलमाला र अविरले स्वागत गरेका छन् ।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानीमा निर्माण सम्पन्न भई घरघरमा पानी पुगेपछि गाउँमा गएका अध्यक्ष सहित वडा अध्यक्ष र अन्य जनप्रतिनिधि र प्राविधिकहरूलाई स्थानीयले भव्य स्वागत गरी रिबन काटेर उद्घाटन गर्न लगाएको सम्बन्धित वडाका वडा अध्यक्ष मोहनलाल रिठालले बताउनु भयो ।

यस अघि खानेपानीको समस्या देखी जिमानामा अब देखी घरघरमा घार भएपछि त्यहाँका स्थानीय देखी हामी सबै खुसी भएको स्थानीय सर्जन खड्काले बताउनु भयो ।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सहलगानिमा ८० लाख बजेटले निर्माण पुरा गरी घरघरमा धारा पुर्याएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो । आयोजना सम्पन्न भएपछि सो जिमाना, भैँसाबाझ, गाउँका ४७ घरमा धारा जडान गरिएको छ । एक घर एक धारा जडान गरिएपछि वर्षौंदेखि काकाकुल जीवन गुजारेका स्थानीयलाई सहज भएको छ ।
गाउँमा पानिको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो । छोटो समयमा नै योजना सम्पन्न गरेको भन्दै स्थानस्य नागरिकलाई समेत धन्यवाद दिएको थियो । स्थानीय मिमबहादुर खड्काले खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । खड्काले भन्नुभयो, “पानी परेको बेला खोला तथा नदी धमिलो भएको बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।’’
सोही ठाउँकी मेनुका रिठाल घर घरमा धारा नहुँदा दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको हुदा हर्षित भएको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीले झाडापखला फैलिने गरेकोमा सफा पानी पाउँदा खुसी छाएको बताउनुभयो ।
उहाँका अनुसार साना कुनिका छरेजस्तो बजेट वितरण नगरी बाहिरबाट ठुला परियोजनाहरूसँग समन्वय गरी यस वर्ष ठुला योजनाहरू मात्रै बनाएको बताउनु भएको छ । यता छप्रेलातिर खानेपानीको केही समस्या आएपनि यसै वर्ष यहाँ समाधान तिर लाग्ने बताउनु बताए ।