हुम्लाको ताँजकोट गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण कार्य लगभग पुरा गरेको छ । अघिल्लो स्थानीय सरकारकै समय देखी सुरु भई यस आर्थिक वर्षमा निर्माण कार्य अन्तीम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
७ करोडको लगानिमा संघिय समपुरक सहित गाउँपालिकाको सहलगानिमा निर्माण सुरु भएको उक्त प्रशासनिक भवनमा ट्वाईलेट बाथरुम बाहेक ३३ वटा कोठाहरु रहेका छन् । भवन निर्माणको काम लगभग सकिएपनि फिनिसिङ, वाईरीङ, केहि रंगारोगन र च्यानल गेट बनाउँन बाँकी रहेको बताउँदै यतिबेला रंगारोगन र वाईरिङको काम भैरहेको बताउनु भयो ।
अस्थायी टहरा निर्माण गरी गाउँपालिकाको नियमित कार्य गरीरहेको अवस्थामा अब गाउँपालिकाको स्थीइ संरचना निर्माण भैसकेको तर केही काम मात्र बाँकी रहेकाले औपचारीक रुपमा उद्धघाटन निर्माण सम्पन्न भएपश्चात गर्ने तर अस्थायी टहरामा अत्याधिक गर्मी भएका कारण लेखा, इन्जीनिएर र कार्यकारीलाई तत्कालको लागि त्यतै काम गर्ने ब्यबस्था गरीएको र अन्य शाँखाहरु भने अस्थायी टहराबाटै सेवा प्रदान गरी रहेको बताउनु भएको छ ।
अँझै पनि केही बजेटको आवश्यकता भएकाले आउदो १० गते ल्याउने बजेट मार्फत भुक्तानी गर्ने गरी भएपनि असाढ भित्रै भवन निर्माणका कामहरु सकेर औपचारिक उद्धघाटनको तयारीमा लाग्ने बताउनु भएको छ । निर्माण कार्यपुरा भएपश्चात गाउँपालिकाले दिने सबै सेवा प्रबाहहरु एकै ठाउँबाट हुँने भएको छ । एउटै भवन भित्र गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षको कार्यकक्ष देखी गाउँपालिका भित्रका सबै शाँखाहरु अट्ने भएका छन् । भवनको तल्लो तलामा सभाहल बनाइएको छ भने विचको तलामा सबै शाँखाहरुलाई ब्यबस्था गरीएको छ । माथिल्लो तलामा, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, आर्थिक प्रशासन र जिन्सी तथा भण्डारण शाँखा सहित कार्यपालिकाको बैठक कक्षा बनाइएको छ ।
यतीबेला शाँखाहरु आ आफ्नो शाँखालाई ब्यबस्थापन गरी सामाग्रीहरु सार्ने काम भैरहेको भएपनि औपचारीक रुपमा सर्ने काम भने केही समय पछि हुँने प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भयो ।
हुम्ला जिल्लाका ७ वटै स्थानीय तह मध्ये यस किसिमको स्थायी संरचना निर्माण गर्ने स्थानीय तह ताँजाकोट भएको छ । जिल्लाको खार्पुनाथ र सर्कगाड गाउँपालिकाले पनि आफ्नै भवन निर्माण गरेको भएपनि यस किसिमको सुबिधा सम्पन्न आरसिसि भवन निर्माण भने भएका छैनन् अन्य गाउँपालिकाहरु भने अहिले सम्म भाडामा बस्दै आएका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले पनि गाउँपालिकाको लागि जग्गा खरीद गरी यसै वर्ष अस्थायी प्रकृतिको भवन निर्माण गरी आउदो आर्थिक वर्षको साउन भदौबाटै उक्त भवनमा सर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ ।
गाउँपालिकाको प्रशासकिय भवन पनि यसैबाट निर्माण हुने बताउनु भएको छ । संघिय समपुरक अन्त्रगत स्थानीयतहबाट कार्यान्वयन हुँने गरी नेपाल सरकारसँग प्रशासकिय भवन निर्माणको लागि ४ करोट ५ लाख रकम माग गरेको भएपनि यस वर्ष ८१ लाख रकम विनियोजन गरीएको र अबको तिन वर्षमा निर्माण पुरा गर्ने गरी काम अगाडी बढाउने र अपुग रकम गाउँपालिकाले ब्यबस्थापन गररै भएपनि प्रशासकिय भवन निर्माण गर्ने बताउनु भयो । –––कालीबहादुर थापा