अदानचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को लागि निति तथा कार्यक्रम र बजेटको लागि आज सुझाब संकलन गरेकोे छ ।
सोह्रौ गाउँसभा सञ्चालन हुँन लागेको गाउँसभामा प्रस्तुत हुँने निति तथा कार्यक्रम र बजेट माथि सुझाब संकलनको लागि आज गाउँपालिकाको सभाहलमा सर्बपक्षिय बैठकको आयोजना गरी आवश्यक सुझाब संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ ।
गत वर्षको निति तथा कार्यक्रमको सुझाब दिनको बोलाईएका गाउँपालिकाका पुर्व अध्यक्ष दल फडेरा, स्थानीय राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरु, सबै बिद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी तथा संचारकर्मीहरुले महत्वपुर्ण सुझाब दिएको बताउँदै उहाँहरुले दिएको सुझाबहरुलाई आधार मानेर निति तथा कार्यक्रम ल्याउने गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो । सुझाब दिने अधिकांस प्रधानाध्यापकहरुले कि विद्यालयमा शिक्षक वा दरबन्दीको ब्यबस्थापन हुँनु गर्नु पर्ने वा दुरीको आधारमा विद्यालय मर्ज गर्ने निति ल्याउनु पर्ने सुझा दिएका छन् ।
गाउँपालिकाले समय समयमा अनुगमन गर्नु पर्ने, बिद्यालयहरुमा इृन्टरनेटको ब्यबस्था गर्नु पर्ने, शेक्षिक क्यालेन्डरहरु प्रकासीत गरी वितरण गर्नु पर्ने, स्थानीय पाठ्यक्रम लागु गर्नु पर्ने, आवश्यक शैक्षिक सामाग्रीहरुको देखी बालमैत्री, अपांगमैत्री धारा रसौचालयको देखी बिज्ञान प्रबिधि प्रयोगशाला ब्यबस्थापन गर्नु पर्ने सुझाब दिएका छन् यस्तै लोक सोवा आयोग तयारी गरीरहेका विद्यार्थीहरुको ट्युसन कक्षा सञ्चालनको ब्यबस्था गर्नु पर्ने लगायतका शुझाब दिएका छन् नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गाउँपालिकाका पुर्व अध्यक्ष दल फडेराले कुनै खल्तीका मानिसको घर खेत बनाउने योजनालाई भन्दा सामुहिक योजनालाई छनौट गर्न सुझाब दिनु भएको छ लोकतन्त्र गणतन्त्र आएपनि साँच्चीकै पिडितहरुले राहत नपाएको बताउँदै आफु नेतृत्व हुँदै गर्दा सुरु गरिएको कुम्णा हुँदै आएको सडकको लागि यतिबेला तिन करोड रकम बिनियोजनको लागि रेडबुकमा आएको बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले यो प्रबिधिको समय भएकाले बोलेर भन्दापनि काम गरेर देखाउनु पर्ने अबस्था रहेकाले आफु धेरै बोल्ने पक्षमा नरहेको बताउँदै दिएका सुझाबलाई प्राथामिकतामा राख्ने बचन बद्धता जनाउँदै भन्नु भयो ।
सुझाब संकलन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सहित सम्पुर्ण वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु र अन्य नागरीकको समेत उपस्थितीमा सुझाब संकलन गरएिको बताउनु भएको छ ।