जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ३६ करोड १५ लाख ९२ हजार ९ सय २५ को बजेट पेस भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले आज गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ रुपैया र पुँजिगत १७ करोड ९१ लाख ९९ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भयो ।
आज सभामा पेश गरेको निति तथा कार्यक्रम पास भएको भएपनि आगामि आ.व को बजेट गाउँसभामा पेश भएको बताउँदै गाउँसभामा पेश गरीएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई बिशेस जोड दिदै शिक्षामा २ करोड ५० लाख, स्वास्थ्यमा ५० लाख र पुर्वाधार बिकासमा २ करोड रुपैया विनियोजन गरीएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित वस्ती उथ्थान कार्यक्रममा ७ वर्षको लागि ३५ लाख रुपैया विनियोजन गरेको छ भने स्थानीय पुर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुँने कार्यक्रमका लागि २ करोड २ लाख रुपैया विनियोजन गरीएको बताउनु भयो ।
गाउँसभाले आव २०८२।०८३ को लागि स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी रुपले, दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी ताँजाकोट वासीको लक्ष्य हासील गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकासका लागी जोड दिइ स्थानिय आवश्यकतामा आधारित निति तथा कार्यक्रमहरु पारित गरी कुल ३६ करोड १५ लाख ९३ हजार ९ सय २५ मध्ये चालु तर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ र पुजिगत तर्फ १७ करोड ९१ लाख ९९ हजार वजेट विनियोजन गरिएको छ ।
वजेटले मुख्य गरी शिक्षा तर्फ २ करोड ५० लाख स्वास्थ्य तर्फ ५० लाख कृषि र पशुतर्फ ५० पुर्वाधार तर्फ २ करोड स्थानिय पुर्वाधार सहयोग कार्यक्रम ४ करोड समावेशिकरणमा १ करोड विनियोजन गरी प्राथमिकता दिएको छ । गाउँपालिकाको आर्थिक सामाजिक तथा संस्थागत विकासलाइ लक्षित गरी समावेशी सहभागिता पारदर्शिता र उत्तरदायित्वमा आधारित मुख्य मुख्य क्षेत्रमा वजेट गरिएको छ ।
बजेटको विवरण
क. संघिय सरकारबाट प्राप्त अनुदान
१ संघिय वित्तिय समानिकरण अनुदान रु ७ करोड २ लाख।
२ संघिय ससर्त अनुदान रु १४ करोड ४३ लाख ।
३ संघिय समपुरक अनुदान रु १ करोड २० लाख ।
४ संघिय विशेष अनुदान रु १ करोड ३७ लाख।
५ संघिय राजश्व वाडफाँड रु ७ करोड २ लाख ९९ हजार ९ सय २५ ।
जम्मा रु ३१ करोड ४ लाख ९९ हजार ९ सय २५।
ख. प्रदेश सरकार बाट प्राप्त अनुदान
१ प्रदेश समानीकरण नुदान रु ७५ लाख ९९ हजार।
२ प्रदेश ससर्त अनुदान रु २ करोड २५ लाख ८४ हजार।
३ प्रदेश समपुरक अनुदान रु १ करोड ७५ लाख।
४ प्रदेश राजश्व वाँडफाँड रु ९ लाख १० हजार।
जम्मा रु ४ करोड ८५ लाख ९३ हजार।
ग. स्थानीय तह
१ आन्तरिक राजश्व रु २५ लाख।
जम्मा चालु खर्च रु १८ करोड २३ लाख ९३ हजार ९ सय २५।
जम्मा पुजिगत वजेट रु १७ करोड ९१ लाख ९९ हजार ।
कुल जम्मा रु ३६ करोड १५ लाख ९२ हजार ९ सय २५।