अदानचुली गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट विनियोजन गरेसँगै १६ औँ गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारीहरु, सञ्चारकर्मी लगायत सुरक्षाकर्मिको आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित प्रस्तु बजेट सर्बसम्मतीले पारीत भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ ।
स्थानीय जनताको सहभागिता, पारदर्शिता र जवाफदेहितालाई आधार मानेर योजना निर्माण र कार्यान्वयनमा लागि रहेकाले यो वर्ष संघीय, प्रदेश सरकारसँग सहकार्य गरी दीर्घकालीन योजनाहरु ल्याएको गाउँ सभाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो सभामा आगामी आर्थिक वर्ष २०८२।८३ को नीति, कार्यक्रम गाउँपालकाका अध्यक्षले प्रस्तुब गर्नु भएको थियो आगिामि आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ सभाका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले समृद्ध कर्णाली सुखारी कर्णालीबासी भन्ने अभियानलाई सार्थक बनाउनको लागि विभिन्न निति लिएको बताउनु भयो ।
यस्तै निति तथा कार्यक्रममा आर्थिक विकास, कृषि तथा पशुपक्षी विकास, पर्यटन विकास, रोजगारी पर्बधन र सिप विकास, सामाजीक विकास, वातावरण तथा विपद व्यबस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफारी, विपद ब्यबस्थापनमा विभिन्न निति लिएको बताउनु भयो यस्तै आजै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले आर्थिक वर्ष २०८२।०८३ का लागि अनुमानीत बजेट प्रस्ताव गर्नु भएको हो ।
आगामी वर्षका लागि रु. ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ बराबरको बजेट विनियोजित गरिएको बताउनु भयो । जसमा चालु तर्फ २२ करोड १५ लाख ९५ हजार ७ सय २३ रुपैया र १२ करोड २२ लाख ४ हजार ४ रुपैया विनियोजन गरिएको छ । यस्तै उक्त बजेट विभिन्न विषयगत समितिमा विभाजन गरीएको छ । आर्थिक विकास तर्फ ३ करोड ८ लाख ७ सय २३ रुपैया, सामाजीक विकास तर्फ ३ करोड ५० लाख ९९ हजार, पुर्वाधार विकास तर्फ ६ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यबस्थापन तर्फ ५ करोड २० लाख, सुशासन तथा संस्थागत विकास तर्फ १५ करोड ६९ लाख रुपैया विनियोजन गरीएको बताउनु भयो ।
सभामा प्रस्तुत निति तथा कार्यक्रम र बजेट माथि गाउँ सभासदस्यहरुको छलफल पश्चात सर्बसम्मतीले पारीत गरेको गाउँपालिकाको सचिवालयले जनाएको छ । गाउसभाका सदस्यहरु विभिन्न प्रसंघहरु उठाए पनि केही पुरा भैसकेको र केही छलफलको क्रममा रहेकाले कार्यपालिकाको बैठकले निर्णय गरी पारीत गर्ने गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो ।