असाढ १४ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले शनिवार आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित बजेट ल्याएपछि हुम्लाका सात वटै स्थानीय तहले बजेट ल्याएका छन् ।
१४ गते शनिवार चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले सभामा कृषि, वन, वातावरण, शिक्षा स्वास्थ्य र पुर्वाधारलाई केन्द्रत गर्दै आगामि आर्थिक वर्ष २०८२।०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा गाउँ सभाले सर्बसम्मत पास गरे लगत्तै उपाध्यक्ष प्रेमकला शाहीले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
उपाध्यक्ष शाहीले आगामि आर्थिक वर्षको लागि ५२ करोड, ४८ लाख ९६ हजार ९४ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गुर्न भएको छ । जसमा चालु तर्फको २१ करोड २२ लाख ५५ हजार रुपैया तथा पुजिगत तर्फ ३१ करोड २६ लाख ४१ हजार ९४ रुपैयाको अनुमानित बजेट पेस गर्नु भएको छ । यसमा गाउ सभाका सदस्यहरुको दफवार छलफल पश्चात पास गरीने गाउँपालिकाका अध्यष प्यारीलाल शाहीले बताउनु भयो ।
यो सँगै हुम्लाको सबै गाउँपालिकाले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित बजेट पेश गरी सकेका छन् । हुम्लाका नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका र ताँजाकोट गाउँपालिकाले १० गते नै बजेट ल्याएका थिए भने अदानचुली गाउँपालिकाले ११ र चंखेली गाउँपालिकाले आज १४ गते बजेट ल्याएसँगै हुम्लाका सबै स्थानीय तहले बजेट ल्याएका छन् ।
कुन स्थानिय तहले कति बजेट ल्याए ।
सबै स्थानीय तहले असाढ १० गते बजेट ल्याउनु पर्ने ब्यबस्था अनुसार हुम्लाका ५ वटा गाउँपालिकाले मात्र निर्धिारित मिति अषाढ १० गते बजेट ल्याएका छन् हुम्लाको सदरमुकाम सिमकोटले ६४ करोड ३६ लाख ७० हजार २ सय ३ रुपियाँ अनुमानित बजेट ल्याएको छ । पूँजीगततर्फ २४ करोड आठ लाख ६९ हजार छ भने चालुतर्फ चालीस करोड २८ लाख एक हजार २०३ रुपैया रहेको छ ।
क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा २४ करोड आठ लाख, ६९ हजार बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा एक करोड ९ लाख पचास हजार, पुर्वाधार विकासमा १९ करोड ४६ लाख ६९ हजार, बन बाताबरण र विपदमा १७ लाख ८० हजार र सुशासन तथा संगठनमा ७० लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनु भयो ।
अर्को जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पनि १० गते नै बजेट ल्याएको छ । नाम्खाले आगामि आर्थिक वर्षको लागि ३७ करोड ६८ लाख पचास हजार रुपियाँको बजेट सभाबाट पारित गरेको छ ।
जिल्लाको विच भेगमा रहेको खार्पुनाथ गाउँपालिकाले पनि अषाढ १० गते नै ल्याएको बजेटमा ४७ करोड ६४ हजार ४९९ रुपैयाको बजेट गाउँसभाबाट पारित गरेको छ । कुल बजेटमा पूँजीगततर्फ १९ करोड एकासी लाख पाँच हजार २ सय ६१ रुपैया रहेको छ भने चालुतर्फ २७ करोड ८३ लाख ६४ हजार ४४९ रुपियाँ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो ।
जिल्लाको बिच भेगमा पर्ने सर्केगाड गाउँपालिकाले पनि १० गते नै बजेट ल्याएको हो । आगामी वर्षका लागि रु. ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ बराबरको बजेट ल्याएकोे छ । जसमा चालु अन्तर्गत ३७ करोड ३३ लाख ७० हजार ६९२ रुपैंया र पूँजीगत अन्तर्गत १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो ।
यता जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पनि अषाढ १० गते नै ल्याएको बजेटमा आगामि आर्थिक वर्षको लागि ३६ करोड १५ लाख ९२ हजार ९ सय २५ को बजेट ल्याएको हो । गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ रुपैया र पुँजिगत १७ करोड ९१ लाख ९९ हजार विनियोज गरीएको छ ।
अदानचुली गाउँपालिकाले भने अषाढ ११ गते बजेट ल्याएको हो । गाउँपालिकाले आगामि आर्थिक वर्षको लागि लागि ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ बराबरको बजेट विनियोजित गरिएको छ । जसमा चालु तर्फ २२ करोड १५ लाख ९५ हजार ७ सय २३ रुपैया र १२ करोड २२ लाख ४ हजार ४ रुपैया विनियोजन गरिएको छ । यस्तै उक्त बजेट विभिन्न विषयगत समितिमा विभाजन गरीएको छ ।
आर्थिक विकास तर्फ ३ करोड ८ लाख ७ सय २३ रुपैया, सामाजीक विकास तर्फ ३ करोड ५० लाख ९९ हजार, पुर्वाधार विकास तर्फ ६ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यबस्थापन तर्फ ५ करोड २० लाख, सुशासन तथा संस्थागत विकास तर्फ १५ करोड ६९ लाख रुपैया विनियोजन गरीएको छ ।
यो सँगै हुम्लाको सबै स्थानीय तहले आगामि आर्थिक वर्ष २०८२।०८३ का लागि निति कार्यक्रम सहित बजेट ल्याएको छन् । आगामि आर्थिक वर्षका लागि सबै स्थानीय तहले ल्याएको जम्मा बजेट रु.३ अर्ब २८ करोड ९२ लाख ३ हजार १ सय ३६ रुपैया बराबरको अनुमानित बजेट पेश गरेका छन् । –––कालीबहादुर थापा