अषाढ १७ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले हिमालय प्रमाकल्चर केन्द्र नामक संस्थालाई आवश्यक सामाग्री हस्तान्त्रण गरिएको छ ।
गाउँपालिकामा कृषि क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको हिमालय प्रमाकल्चारलाई म्याचिङ फण्ड बापत करिब ६ लाख बराबरको मेसीनरी देखी कृषि औजारहरु हस्तान्त्रण गरीएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो । गाउँपालिकामा आएर गाउँको विकासका लागि काम गर्ने जुनसुकै संघ संस्थालाई सहज वातावारण बनाईने र आवश्यक सहयोग पनि गर्ने अध्यक्ष सिंहले बताउनु भयो ।

तिन वर्ष सम्म लागु हुँने गरी ९ लाख गाउँपालिकाले लगानि गर्ने सम्झौता गरीएकोमा यतिबेला ६ लाख बराबरको सामाग्री खरीद गरी हस्तान्त्रण गरी सकेको छौँ बाँकी सामाग्रीहरु अर्को वर्ष हस्तान्त्रण गर्ने जिन्सी तथा भण्डारण शाँखा प्रमुख हंस महताराले बताउनु भयो ।
यतिबेला हस्तान्त्रण गरिएका मेसीनरी सामाग्रीमा कलर प्रिन्टर १ थान, प्रोजेक्टर १ थान, ल्यापटप एक थान,हार्डडिक्स १ थान, पावर बैंक एक थान, मल्टीप्लग एक थान र पेन ड्राइभ एक थान हस्तान्त्रण गरीएको छ । कार्यालयको माग अनुसार कार्यालय प्रयोजनको लागि आवश्यक परेकाले सामाग्रीहरु खरीद गरी हस्तान्त्रण गरीएको बताउनु भयो ।
कार्यालय स्थापन भएको भएपनि कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्री नभएको यो सामाग्री गाउँपालिकाले खरिद गरेर हस्तान्त्रण गरेको र अन्य कृषि औजार भने गाउँपालिका र हिमालय प्रमाकल्चरको सहलगानिमा खरीद गरि हस्तान्त्रण गरीएको हो ।
कृषि औजारहरुमा होप पाइप २० एमएमको १ हजार मिटर, १ हजार लिटरको पलास्टीक ड्रम वा ट्याङ्की, गार्डेङ पाई ३० रोल, बोट विरुवा काट्नको लागि ५० पिस आरा मेसिन, कैँची ५० पिस, किन्फि ५० पिस, १ सय लिटरको ड्रम, हजारी २० पिस, कटर ३० पिस त्रिपाल ८ पिस गरी करिब ४ लाख भन्दा धेरैको सामाग्री हस्तान्त्रण गरीएको छ ।

सामाग्री हस्तान्त्रण गरी कार्यक्रम ललागु भएको क्षेत्रका किषानहरुलाई आवश्यकताको आधारमा व्यवषायिक किषानहरुलाई वितरण गरी जिवन निर्वाहमुखी नभई व्यवषायिक कृषि खेती गर्नतिर आर्कषित गर्ने संस्थाका सहजकर्ता दिनेश थापाले बताउनु भयो । कार्यपालिकाको निर्णय अनुसार यस वर्ष देखी गाउँपालिकाभरीनै कृषि सम्बन्धी काम गर्ने बताउनु भयो ।
सामाग्री हस्तान्त्रण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया, वडा अध्यक्ष कमल बहादुर छत्याल, डिलबहादुर फडेरा र मनरिसि माण्डे, जिन्सीशाँखा प्रमुख हंस महतारा वडा नम्बर ४ को लौठी गाउँमा रहेको कार्यालयमै गएर संस्थाका सहजकर्ता दिनेश थापालाई हस्तान्त्रण गरेका हुँन् । –––कालीबहादुर थापा