अदानचुली (हुम्ला) असाढ २० (रासस) ः हुम्लाका सबै स्थायी तह मध्ये स्थायी संरचना निर्माण ताँजाकोट गाउँपालिका अग्रस्थानमा देखीएको छ । गाउँपालिकाको प्रशासकिय भवन जिल्लाकै नमुना बनेको छ । सात वटा गाउँपालिका मध्ये स्थायी संरचना (पक्की भवन) निर्माण कार्य लगभग सम्पन्न गरी सर्ने तयारी गरीरहेको प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भयो ।
यता गाउँपालिकाको प्रशासकिय भवन मात्र नभई गाउँपालिकामा भएका सबै माध्यामिक विद्यालयहरुमा पनि आरसिसि भवन निर्माण भैरहेका छन् । चार वटा माध्यामिक विद्यालय भएको यस गाउँपालिकाका केही माध्यामिक विद्यालयहरुमा आरसिसि भवनहरु निर्माण सम्पन्न भैसकेका छन् भने केहीमा निर्माण भैरहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
वडा नम्बर १ मा रहेको जनप्रकास माध्यामिक विद्यालय काँडागाउँमा १ दुईतले पक्की भवन निर्माण भएको भने अर्को प्रकृयामा रहेको गाउँपालिकाका प्रशासन शाँखा प्रमुख लालप्रशाद ढकालले बताउनु भयो । वडा नम्बर २ र ३ लाई केन्द्रीत गरी बनाईएको गाउँपालिकाकै जेष्ठ बिद्यालय धर्मोदय माध्यामिक विद्यालयमा यस वर्ष मात्रै ५ करोड भन्दा धेरै बजेट समपुरक मार्फत गाउँपालिकाको सह लगानिमा निर्माण भैरहेको छ । यही आर्थिक वर्षमा मात्रै उक्त विद्यालयमा २ तले भवन ढलान भैसकेको छ भने २ तले र्को भवन ढलान गर्ने तायरी भैरहेको छ भने अर्को एक तले भवन पनि ढलान गर्ने तयारीमा रहेको विद्यालयका प्रधानाध्याप गंगादत्त जैसीले बताउनु भयो । यसै आर्थिक वर्ष भित्र सक्नु पर्ने भएकाले यतिबेला धमाधम काम भैरहेको बताए ।
अर्को वडा नम्बर ४ मा रहेको चन्दै प्रकास माध्यामिक विद्यालयमा करिब ३२ कोठा निर्माण भैसकेको छ । विगत ३ वर्ष देखी लगातार निर्माण भैरहेको उक्त भव पुरै आरसिसि मात्रै रहेको छ । केहि वर्ष अगाडी मात्र सुर्यप्रकास माध्यामिक विद्यालय र चन्द्र प्रकास माध्यामिक विद्यालय बिच मर्च गरेर चन्द्र प्रकास माध्यामिक विद्यालय नाम राखिएको हो । मर्च भए लगत्तै उक्त विद्यालयमा आरसिसि बाहेक अन्य भवनहरु माग नगरीएको गाउँपालिकाका अध्यक्ष जैसीको भनाई छ । यस विद्यालयमा १ तिन तले, १ २ तले र १ एकतले भवन निर्माण गरीएको छ ।
वडा वडा नम्बर ५ मा रहेको मदनदेब माध्यामिक विद्यालयमा गएको ३ वर्ष देखीनै निर्माण भैरहेका छन् यो आवासीय विद्यालय समेत भएकाले यस विद्यालयमा तिन तले एक भवन र एक तले १ भवन निर्माण कार्य पुरा भैसकेको छ भने अर्को निर्माण हुँने प्रकृयामा रहेको छ ।
माध्यामिक विद्यालय मात्र नभएर रामदेश आधारभुत विद्यालय पुरै आरसिसि मात्रै रहेको छ । बुद्धिविकासमा ए भवन, कालीका प्राबीमा १ भवन, क्षेत्रपाल आधारभुत विद्यालयमा २ तले एक भवन र १ तले एक भवन निर्माण भैसकेको गाउँपालिकाका अध्यक्ष जैसीको भनाई छ ।
यतीमात्र नभई पाँच वटै वडा कार्यालयहरुका भवन पक्की नभएपनि वडा कार्यालयका आफ्नै भवन निर्माण गरिएको छ भने स्वास्थ्य ईकाईहरु आफ्नै भवनमा छन् भने ताँजाकोट गाउँपालिकामा १० शैयाको सामुदायिक अस्पताल निर्माण भैरहेको छ । सामुदायीक अस्पताल यतिबेला सम्म निर्माण भैसक्नु पर्ने भएपनि केही ढिलाई भैरहेको प्रशासन शाँखा प्रमुख ढकालले बताउनु भयो ।
केही पुर्वाधार निर्माणको आधार अघिल्लो कार्यकालमै सुरु भैसकेका थिए भने केही यसै कार्यकालमा सुरु भएका हुँन् । यस अघि उक्त्त गाउँपालिकामा माओबादी केन्द्रका अध्यक्ष बागदल मल्ल निर्वाचित भएका थिए भने अहिले साेही बाटीबाटै निर्वाचित भएका नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटि सहसचिव लालकेश जैसी रहेका छन् –––कालीबहादुर थापा