साउन २ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले गाउँपालिकामा राखीएका सबै करार कर्मचारीहरु करार सम्झौता भंग गरेको छ ।
स्थानीय तह निर्वाचन २०७९ पश्चात साउन १ गते अघिल्लो सरकारले राखेका सबै करार कर्मचारीहरु हटाई नया करार कर्मचारी राखे देखी गाउँपालिकाले यतिबेला फेरी यतीबेला गाउपालिकामा राखीएका सबै करार कर्मचारीहरुको करार सम्झौता भंग गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ ।
कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १४ (१) बमोजिम र स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली २०८१ नियम ११ को उपनियम (१) वमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति वा सम्झौता गर्न नपाइने र पदरिक्त नभई वा पद सिर्जना नभई कर्मचारी नियुक्ति गर्नु हुदैन भन्ने व्यवस्था गरेको छ । सोही अनुसार अदानचुली गाउँ कार्यपालिकाको मिति २०८२ साल अषाढ ९ गतेको निर्णय अनुसार चालू आर्थिक वर्ष २०८१।०८२ मा संघिय र प्रदेश अनुदान वाहेकका ज्यालादारी वा करारमा नियुक्ति भई कार्यरत सबै किसिम (प्रशासनिक, प्राविधिक तथा श्रेणी विहीन) का करार सेवा सम्झौता वमोजिम खटिएका कर्मचारीको २०८२ साल साउन १ गतेबाट अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्म हाजिर नगर्न र नगराउनको लागि सरोकारवाला सबैलाई निर्देशन गरी सकेको र यदी यस निर्देशनको अवज्ञा गरी कुनै पनि कर्मचारीले कार्यालयमा हाजिर गरेमा वा गराएमा सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुने पनि बताउनु भएको छ ।
सात गाउँपालिका भएको हुम्लाका अधिकांस स्थानीय तहहरुमा करार कर्मचारीहरु भनाई गरी स्थानीय तह सञ्चालन गरी रहेको अबस्थामा अदानचुली गाउँपालिकाले गाउँपालिकामा राखीएका सबै, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखीएका सबै, कडा कार्यालयमा र सबै स्वास्थ्य संस्थामा राखीएका करार कर्मचारीहरुको करार सम्झौता तत्कालको लागि भंग गरेको छ भने अन्य गाउँपालिकाले भने यसको कुनै जानकारी दिएका छैनन् । हरेक गाउँपालिकामा करिब १ सय भन्दा धेरै करार कर्मचारीहरु राखीएका छन् ।
अदानचुली गाउँपलिकामा गएको वर्ष करिब २ सय भन्दा धेरै करार कर्मचारीहरुलाई नियुक्त दिएको भएपनि यस वर्ष पनि १ सय १० जना भन्दा धेरै कार्यरत नै थिए तिनिहरुको पनि यतिबेला भंग गरेको छ । तर वडाका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगि बाहेक अन्य धेरै करार कर्मचारीहरुले १ वर्ष भन्दा धेरैको तलब नपाएको गुनासो गर्दै आएका छन् । आफुहरुको तलब नदिए सम्म काम गर्न नछोड्ने केही करार कर्मचारीहरुले बताएका छन् ।
गएको वर्ष देखी करार कर्मचारीहरुले तलब नपाएकाले गाउँपालिकाले करिब ३ करोड भन्दा धेरै बजेट करार कर्मचारीहरुको तलब दिएर विदाई गर्ने भन्दै वजेट विनियोजन गरीसकेको जनाएको छ । –––कालीबहादुर थापा