कालीबहादुर थापा, साउन १० हुम्ला । यस शैक्षिक शत्रबाट हुम्लामा टुरिष्ट विद्यार्थीहरु भर्ना गर्न नपाउने भएका छन् ।
यस अघि हरेक सामुदायिक विद्यालयहरुले शहरी क्षेत्रमा अध्ययन गरेका विद्यार्थीहरुलाई गाउँमा ल्याएर कक्षा ९ मा भर्ना गरी एस ई ई दिने प्रचलन रही आएकोमा शिक्षा समन्वय ईकाई हुम्लाले त्यस्ता विद्यार्थी भर्ना नगर्न र नगराउन परिपत्र रेको छ ।
हुम्ला लगायतका दुर्गम जिल्लामा हरेक वर्षको एस इ इ परिक्षामा दुर्गम जिल्लामा अध्ययन नगरी काठमाडौका बोर्डिङ् स्कुलहरुमा अध्ययन गर्ने तर नितिहरुका अविभावकहरुले गाउँका विद्यालयहरुमा कक्षा ९ मा भर्ना गरी एस इ इ दिन जिल्लामा ल्याएका विद्यार्थीहरु नै उत्कृष्टको सुचीमा परेको जिल्ला शिक्षा समन्वय इकाईको तथ्यांकमा छ । हरेक वर्षको यस किसिमको नतिजाले वास्तविक गरिबको छोराले पाउने सेवा सुविधा ति धनीमनीहरुको छोराहरुले पाउने र गरिबका छोराहरु फेरी चर्को शुल्क तिरेर अध्ययन गराउन बाध्य भएछन् ।
हुम्लाका अधिकांस विद्यालयहरुमा अहिले पनि कक्षा ९ र १० मा यस किसिमका टुरिष्ट विद्यार्थीहरु भर्ना भएका छन् तर तिनिहरु विद्यालयमा अध्ययन गर्न आउँदैनन् उनिहरु यतिबेला काठमाडौ लगायतका सुविधा सम्पन्न विद्यालय वा महंगा होस्टेलहरुमा राखेर अध्ययन गरी रहेका छन् । जिल्लाभरका कुनैपनि विद्यालय र स्थानीय तह अछुत नहुँने भन्दै यो धेरै अघि देखीनै चलिआएको ज्ञानोदय माध्यामिक विद्यालयका शिक्षक विस्नुलाल जैसीको भनाई छ ।
यस अधिकांस कर्मचारी, नेता र शिक्षकहरुका छोराछोरी
दुर्गम क्षेत्रमा अध्ययन गराउने अधिकांस शिक्षकहरुका छोराछोरी शहरी क्षेत्रमै अध्ययन गरी रहेका छन् उनिहरुका काठमाडौ लगायतका शहरहरुमा घरबस्ती छन्, प्रायजसो शिक्षकहरुका घरपरिवार पनि शहरी क्षेत्रकै घरहरुमा बस्ने र बालबच्चाहरु उतै अध्ययन गराई रहेको पाइन्छ ।
उनिहरु आफु एस इ इको समयमा निरिक्षक समेत बस्न पाउने भएकाले उनिहरुकका अधिकांस छोराछोरीहरु कक्षा ९ मै यहाँका विद्यालयहरुमा भर्ना गरी एस इ इ दिई रहेको पाइन्छ भने यहाँका नताहरुको स्थीत पनि उस्तै छ । खासमा दुर्गम क्षेत्रका नेताहरुो आर्थिक स्रोत केही देखीदैन, अधिकांस नेताहरु काठमाडौ र प्रदेश राजधानी सुर्खेत केन्द्रीत बसाई छ ।
उनिहरु प्रायजसो आर्थिक वर्ष सकिनु भन्दा केही अगाडि गाउँमा देखिन्छन् भने अधिकांस समय शहरमै बस्छन् । घर जग्गा जमिन पनि उतै बनाएर घरपरिवा समेत उतै बस्ने भएपनि बालबच्चाहरु विभिन्न तरिकाले शहरका टप विद्यालयहरुमा अध्ययन गरीरहेका छन् । उनिहरुलेपनि विद्यालयका प्रधानाध्यापकहरुसँग मिलेर गाउँका विद्यालयमा भर्ना गरी एस इ इ दिलाएका छन् । शिक्षक र नेता मात्र नभई सरकारी कर्मचारीका छोरा छोरी तथा आफन्तहरु पनि भर्ना गराईएका छन् ।
एस इ इ मा टुरिष्ट विद्यार्थीहरुको परिक्षा खुला चौरमा
दुर्गम क्षेत्रमा अध्ययन गरेका अधिकांस विद्यार्थीहरु चिट चोर्ने र साथीहरुसँग आपसी छलफल गरेर पास गर्ने तयारीमा हुँन्छन् परिक्षा हल बाहिर हरेक विद्यार्थीका अविभकावकहरु घेरो हुँन्छ । सुरक्षाकर्मीलाई उनिहरुलाई लखेट्नै मुस्कील हुँन्छ ।
बाहीरबाट चिट आउला र लेखौँला भन्दै आधा एक घण्टा विताउने र होहल्ला गर्ने भएकाले आफ्नो छोरीको परिक्षा विग्रिने डरले केन्द्राध्यक्षसँग मिलेर उनिहरुलाई परिक्षाको लागि खुला चौरमा वा छुट्टै कोठामा राखेर परिक्षा दिने व्यबस्था मिलाईएको हुँन्छ ।
उनिहरु होहल्ला नगरी शान्त वातावरणमा नेपाली बाहेक अन्य सबै विषयमा अंग्रेजी भाषमा परिक्षा दिन्छन् तर दुर्गम क्षेत्रमा अध्ययन गरेका विद्यार्थी अंग्रेजी विषय अधिकांसले पास गर्न सक्दैनन् किनकी यहाँका वातावारण नैयस्तै छ । अंग्रेजी विषयमा अत्यन्तै कमजोर हुँन्छन् यिनिहरुले १।२ चिट नचोर्नेहो भने अधिकांस फेल भएका छन् ।
कयौँ पटक विद्यालयहरु निल भएका पनि छन् तर पछिल्लो सयम बाहिरबाटका टुरिष्ट विद्यार्थीहरुका कारण निल हुँने विद्यालयहरु उत्कृष्ट नतिजा सहित निलबाट बचाउने गरेका छन् ।
प्राविधिक धार बाहेक साधारण तर्फ उत्कृष्ट ल्याउने सबै टुरिष्ट विद्यार्थी
ज्ञानोदय मावि सञ्चालन गरेको धेरै वर्ष भएको छैन तर हरेक वर्ष उत्कृष्टको सुचिमा छ । एस ई ई परिक्षा २०८० को नतिजा अनुसार हुम्ला जिल्लाका उत्कृष्ट नतिजा ल्याउने तिनै जना टुरिष्ट विद्यार्थी हुँन् ।
अदानचुली गाउँपालिका वडा नम्बर १ घर भएका लोकराज महताराले ज्ञानोदय माध्यामिक विद्यालयबाट एस ई इ परिक्षा दिई ३.९५ जिपिए ल्याएर जिल्लाकै सुचिमा पर्न सफल भए उनि काठमाडौमा अध्ययन गर्दै आएका थिए । उनि सँगै ज्ञानोदय माविबाटै परिक्षा दिएका विराज भण्डारीले ३.८६ र हिमज्योती माध्यामिक विद्यालयबाट मिसन रोकायाले ३.८२ अंक ल्याएर उत्कृष्टको सुचिमा पर्न सफल भए उनिहरु दुबै विद्यार्थी पनि गाउँकै सोही विद्यालयमा अध्ययन नगरी कक्षा ९ मा भर्ना गरी एस ई ई दिलाएको त्यहाँकै अविभावकहरुको भनाई छ ।
यस वर्षको एस इ इ परिक्षाको नतिजा अनुसार उत्कृष्टको सुचिमा ५ परेका थिए । उनिहरु पाँचै जना कक्षा ९ मा भर्ना गरी हुम्लामा एस ई ई दिन ल्याएका थिए । यस वर्षपनि ज्ञनादोय माध्यामिक विद्यालयबाट एस ई ई परिक्षा दिएका अदानचुली गाउँपालिका १ का कमल महताराले ३.९५ जिपिए ल्याए जिल्लाकै उत्कृष्टको सुचिमा परेका हुँन् उनिसँगै सर्केगाड गाउँपालिका ४ की प्रिन्सा रावल सरस्वती मावि १ जैरबाट परिक्षा दिएर ३.९२, सुर्योदय मावीबाट परिक्ष दिएका अनन्त बुढाले ३.८७, कोट मावि रोडिकोटबाट परिक्षा दिएकी सम्राटजंग शाहीले ३.८७, र ज्ञनोदय माध्यामिक विद्यालयबाटै परिक्षा दिएका नरेन्द्र महताराले पनि ३.८७ जिपिए ल्याएर उत्कृष्टको सुचिमा परेका छन् उनिहरु पाँचै जना शहरी क्षेत्रका विद्यालयहरुमै अध्ययन गराएर परिक्षा दिए मात्रै ल्याएका सम्बनधीत विद्यालयका शिक्षकहरुकै भनाई छ ।
त्यस भन्दा अघिल्लो वर्ष २०७९ को परिक्षामा पनि बाहिरबाटै अध्ययन गरी आएका विद्यार्थीहरु नै जिल्लाको उत्कृष्ट सुचिमा परेको शिक्षा विकास तथा समन्वय ईकाई को तथ्यांकमा छ ।
स्थानीय र जनप्रतिनिधिहरुको विरोध ।
एस ई ईमा टुरिष्ट विद्यार्थीहरुको मात्रै नतिजा राम्रो आएपनि स्थानीयले विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा मात्र नभई विद्यालय विद्यालयमै गएर यस्ता विद्यार्थी भर्ना नगर्न आग्रह गरेका छन् । यति मात्र नभई जनप्रतिनिधिहरुले पनि यस्तो कार्य गर्न नहुँने भन्दै सार्बजनीक सुपमै धारण राख्न थालेका छन् । विगत तिन वर्ष देखी अदानचुली गाउँपालिका भित्रै विद्यालय उत्कृष्ट नतिजा ल्याउने सुचीमा पर्ने तर गरिबको छोरा वा गाउँमा पढेको विद्यार्थी नभई शहरी क्षेत्रमै पढेको विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने गरेकाले यसको निष्पक्ष छानविन गर्न र यसरी विद्यार्थी भर्ना गर्ने गराउनेलाई कारबाहीको दायरामा ल्याउन अदानचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमल बहादुर छत्यालको छ । उनि भन्छन् आफु सामाजिक विकास समितिको संयोजक भएको हिसाबले पनि यो वर्ष यस्ता विद्यार्थी भर्ना गर्नै नदिने बताउनु भयो ।
यता जिल्लाभरको आँकडा हेर्दा एस इ इ नतिजा समग्र सुधारोन्मुख देखीन्छ तर वास्तवमा टुरिष्ट विद्यार्थीहरुको नतिजाकै कारण अन्य विद्यार्थीको सिकाई उपलब्धीको मुल्यांकन गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सुधार देखीएपनि शिक्षा क्षेत्र सुधार गर्नै नसकिएको बताउनु भयो ।
टुरिष्ट विद्यार्थी भर्ना नगर्न शिक्षा विकास तथा समन्वय ईकाइको परिपत्र
समग्र जिल्लाको शिक्षा हेर्ने जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय ईकाईले विगतका शैक्षिक बर्षहरूमा केही विद्यालयहरूले टुरिष्ट विद्यार्थी भर्ना गरेर शहरी क्षेत्रका विद्यालयहरूमा अध्ययन गराई परीक्षा दिनका लागि मात्र अन्तिम समयमा विद्यालयको नतिजा राम्रो देखाउन परीक्षामा सहभागी गराउने गुनासो आएको हुँदा यसरी गरिएको कार्यले शिक्षा प्रणालीमा विकृति ल्याउनुका साथै ग्रामीण विद्यालयको वास्तविक शैक्षिक अवस्था र सिकाइ उपलब्धि छायामा पार्ने अवस्था देखिएको ईकाई प्रमुख योगेश आले मगरले बताउनु भयो ।
यस्तो अभ्यासले स्थानीय विद्यार्थीहरुको सिकाइमा नकारात्मक प्रभाव पार्नुका साथै पेसागत र संस्थागत पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता र मूल्याङ्कनमा समस्या निम्त्याउने हुँदा, यस प्रकारको कार्य तत्काल बन्द गर्न निर्देशन सहित सात वटै गाउँपालिका र शिक्षा याुवा तथा खेलकुद शाँखा मार्फत सबै विद्यालयहरुलाई परिपत्र गरी सकेको बताउनु भयो ।
शैक्षिक सत्र २०८२ साल देखि कुनै पनि विद्यालयले टुरिष्ट विद्यार्थीहरु भर्ना गरी विद्यार्थीलाई अन्यत्रबाट ल्याई परीक्षामा सहभागी गराउने कार्य नगर्नुहुन र विद्यालयमा नियमित अध्ययन गरिरहेका वास्तविक विद्यार्थी मात्र परीक्षामा सहभागी गराउनु पर्ने र यदि यस्तो कार्य पुनः दोहोरिएको पाइएमा प्रचलित ऐन, नियम, कानून, निर्देशिका अनुसार रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम र परीक्षा समेत रद्ध गरी आवश्यक कार्बाहीको प्रक्रिया अघि बढाइने पनि बताउनु भयो ।