हुम्ला र मुगु जोड्ने चंखेली गाउँपालिकाको लोतीखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज साउन १३ गते उद्धघाटन हुँने भएको छ ।
कांग्री निर्माण सेवाले करिब ४ करोड ९८ लाख मा सम्झौता गरी केही दिन अघि मात्र निर्माण सम्पन्न गरे पश्चात यही साउन १३ गते दिउसो १ बजे कर्णाली प्रदेश सरकारका पुर्वमुख्य मन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली काग्रेश संसदिय दलका नेता जिवन बहादुर शाहीको उपश्थितीमा औपाचारिक रुपमा उद्धघाटन गगर्न लागेको पुर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख ई.नरेश राज जैैसीले बताउनु भयो ।
कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय, पुर्वाधार विकास निर्देशनालय अन्त्रगत जिल्ला स्थीत कार्यालय पुर्वाधार विकास कार्यालयसँग मिति २०८१ साल मंसिर २३ गते सम्झौता भई अषाढ २२ गते सम्पन्न भएको उक्त बेलिब्रिज करिब ५ महिनामा सम्पन्न भई उद्धघाटन गर्न लागेकोे बताउनु भयो ।
४२ मिटर लम्बाई भएको उक्त बेलिब्रिजको कर्णाली नदीबाट १० उचाईमा रहेको उक्त पुलको ३.१५ मिटर उचाई, ३ वटा प्यानल र ३ वटा डेक राखेर निर्माण गरिएको छ ।
यस अघि लोतीखोलामा बेलिब्रिज नहुँदा हिउँदोको समयमा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधनहरु वारपार गरीरहेका थिए भने पछि हल्का सवारी साधनको लागि काठको पुल बनाएपनि वर्षा आएको खालाले बगाएपछि मानिसहरु समेत तुईनमा तर्न बाध्य भएका थिए ।
हुम्ला र मुगु जोड्नको लागि मात्र नभई चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ आउजाउ गर्न समेत गाउँपालिकाबासीहरु तुईनमै तर्न बाध्य थिए । चंखेली गाउँपालिकाका ३ वटा वडाहरु तुईन तरेर गाउँपालिकाको केन्द्रमा आउनु पथ्यो अब त्यो समस्या टरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । उहाँका अनुसार नागरिकहरुको बाध्यतालाई मध्येनजर निरन्तरको पहल पश्चात यो बेलिब्रिज यती छोटै समयमा निर्माण गराएको बताउनु भयो ।
मुगु, जुम्ला लगायतका नागरीकहरुलाई कैलाश मानसरवर दर्शन गर्न र हुम्लाका नागरिकहरुलाई रारा ताल अवला्कनको लागि बाजुरा भएर जानु पर्ने बाध्यता मात्र टरेको छैन कि अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवत जावत हुँने भएको छ । साउने १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिंक हुँने भएको छ ।
चंखेली गाउँपालिकाको सलीसल्ला देखी मुगु जिल्लाको भट्याचौर सम्म ग्रामिण महुँच कार्यक्रम (र्याप थ्री) ले निमार्ण कार्य सम्पन्न गरेको करिब ४ वर्ष पुरा भएपश्चात यो बेलिब्रिज निर्माण भएको छ ।