साउन १४ हुम्ला ः हुम्ला मुगु लिङ्क रोड औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको छ । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मंगलबार पुर्ब मुख्यमन्त्री तथा कर्णाली प्रदेश सरकार नेपाली कग्रेश संसदिय दलका नेता जीवन बहादुर शाहीले उद्धघाटन गरेसँगै औपचारीक रुपमा सडक सञ्जालसँग लिङ्क रोड जोडिएका हो ।
मंगलबार जिल्ला सदरमुकामबाट हेलिकप्टर मार्फत चंखेलीको लोतीखोलामै पुगेर पुर्ब मुख्यमन्त्री शाहीले पुलको उद्धघाटन गर्नु भयो । उद्धघाटन गर्दै पुर्वमुख्यमन्त्री शाहीले भने “म तपाइहरुकै भाइ छोरा हो । आज भन्दा दुइ बर्ष पहिले नै उद्धघाटन भै सक्नु पर्ने हो तत्कालीन सरकारले प्रथामिकता नदिदा पुल ढिला भएको आरोप लगाउनु भयो । हामीले सहि नेतृत्व दिन नसक्दा यो बेलीब्रिज मात्र नभई हुम्लाको विकासमा ढिलाई भयो । ” उनले भने अबको केहि महिना पछि म मुख्यमन्त्री हुँदै छु त्यस पछि यहाँको बाँकी रहेको नेप्का हुँदै टाँके जाने सडक पनि निर्माणलाई प्राथामिकता दिने छु । त्यतीमात्र नभई यो पुल निर्माण गर्दा अबको एक महिना भित्र क्षेती भएको जग्गामा समेत घेरबार गरिदिनपुर्वाधार विकास कार्यालयलाई निर्देशन दिनु भयो ।
लोती कर्णालीमा बेलिब्रिज उद्धघाटनसँगै अब मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । बेलिब्रिज निर्माणले अब सिधै मुगु जिल्ला भएर जुम्ला हुदै कालीकोटबाट सुर्खेत जान सकिने भएको छ कर्णाली करिडोरको वैकल्पिक सडकको रुपमा लिएको बताउनु भयो । अब विदेशी पर्यटकहरु मुगुको रारा पुगेर सिधै एकै दिन लिमि लाप्चाबाट कैलाश मानसरवर दर्शन गर्न सकिने भएको छ ।
यसअघि मुगुको गमगडीदेखि हुम्लाको सलीसल्लासम्म ग्रामीण पहुँच कार्यव्रmमले (र्याप थ्री) सडक निर्माण गरेको भए पनि चङ्खेली गाउँपालिकाको लोती कर्णालीमा पुल निर्माण नगरिँदा नदी वारि र पारि बस्नुपर्ने अवस्था थियो । नदीको वारिपारि झरेका यात्रु दुवैतिर जान तुइनको सहारा लिनुपर्ने अवस्था थियो । अब बेलिब्रिज सञ्चालनमा आउँदा तुइनसमेत विस्थापित भएको र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । गाउँपालिकाको महादेब माध्यामिक बिद्यालयको लागि बजेटको जसरी पनि बजेटको व्यबस्था गर्ने र वडा नम्बर ५ नेक्पा हुँदै टाँके नाकासम्म सडक पुराउने प्रतिवद्धता गर्नुभएको छ ।
आफु पुल निर्माण सम्पन्न गरेकोमा धन्यवाद दिन मात्र आएको बताउनुभयो, पाँच महिनामा लोती कर्णालीमा बेलिब्रिजको निर्माण सम्पन्न भएर प्रयोगमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो । बेलिब्रिजको निर्माणले हुम्लाबाट पर्यटकीय स्थल रारा जान अब एउटा मात्र गाडी प्रयोग गरे हुने भएको छ । यसअघि लोती कर्णाली वारिसम्म एउटा गाडीमा यात्रा गर्नुपर्ने र त्यसपछि तुइन तरेर अर्को गाडी चढेर जानुपर्ने अवस्था थियो । गत मङ्सिर २३ गते कार्यालयले कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरेकोमा निर्धारित मितिमा काम सम्पन्न भएको बताउँदै प्रमुख जैसीले बेलिब्रिज ४२ मिटर लम्बाइको रहेको जानकारी दिनुभयो ।
१० मिटर अग्लो रहेको बेलिब्रिजको ३.१५ मिटर चौडाइ छ । बेलिब्रिज निर्माणका लागि चार करोड ९८ लाख रुपियाँ लागत लागेको छ । यसबाट रहेक वर्ष चङ्खेली गाउँपालिकालाई हिउँदको समयमा लोती कर्णालीमा काठेपुल निर्माण गर्नुपर्ने बाध्यता हटेर आर्थिक रूपमा पनि फाइदा भएको छ भने यात्रुलाई शुल्क तिरेर तुइन तर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको स्थानीय दन्त शाहीले बताउनुभयो ।
बेलिब्रिजको निर्माणले चङ्खेली गाउँपालिका मात्र नभएर सिङ्गो हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि विकल्पसमेत दिएको उहाँको भनाइ छ । धेरै अगाडिदेखि लोती कर्णालीमा बेलिब्रिज वा पक्की पुल निर्माणको माग भए पनि हाल आएर यो मागको सम्बोधनसमेत भएको छ । यो बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि अब मुगु हुँदै जुम्लाबाट सुर्खेत जानेका साथै डोल्पा हुँदै देशभर सडक यातायात गर्न सकिने बाटो खुलेको छ । –––कालीबहादुर थापा