हुम्लाको अदानचुली गाउँपालिकामा दलित सशक्तिकरण केन्द्र नेपाल नामक सस्थाले सिलाई कटाई मेसिन, आफर र सहनाई बाजा वितरण गरेको छ ।
दलितहरुका परम्परागत व्यवसायिक सीप पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षामता अविवृद्धि तथा आर्थिक उपार्जनका लागि राष्ट्रिय बाणिज्य बैंक लि. केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा ६ जनालाई सिलाईकटाई मेसिन, ६ जनालाई सहनाई बाजा र २० जना दलित नागरिकलाई भाँडा कार्ने आफर वितरण गरेको छ ।
गाउँपलिकाको समन्वय तथा वडा कार्यालयको सिफारीसमा निरन्तर रुपमा व्यवषायमुलक सिलाईकटाई गरी जिवन चलाई रहेका ६ जनालाई सिलाईकटाई मेसिन बितरण गरीएको संस्थाका अध्यक्ष बिजय पार्कीले बताउनु भयो । उहाँका अनुसार यस क्षेत्रमा दमाहा बाजा बाहेक अन्य आधुनिक बाजा नभित्रिएको अबस्थामा उक्त सस्थाले ६ जना बाजा बजाउने सिप भएकालाई सहनाई बाजा र गाउँमै बसेर स्थानीय भाँडा बर्तन ( हँसिया, हतौडा, बासो, बन्चरो लगायतका सामाग्रीहरु) बनाउने तथा कार्ने २० जनालाई आफर वितरण गरीएको बताउनु भयो ।
कठमाडौबाट खरिद गरी गाउँमा ल्याई गाउँपालिका र आर्थिक सहयोग गर्ने संस्था राष्ट्रिय बाणिज्य बैंकका प्रतिनिधिको उपस्थितीमा आज वितरण गरिएको हो । ६ वटै वडाबाट सिफारीस भई आएका तथा निरन्तर रुपमा सोही पेसामा आवद्ध भएकाहरुलाई निष्पक्ष रुपमा बताउनु भयो ।
संस्थाका अध्यक्ष विजय पार्कीको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा गाउँपालिकाको सभाहलमा वितरण गरीएको हो । कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु राष्ट्रिय बाणिज्य बैंक सोरु शाँखाका प्रतिनिधि सरोज रेग्मी, गाउँपालिकापालिकाका सदस्यहरु सहित स्थानीय राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा वितरण गरीएको छ ।
सिलाई कटाईमा तिलक परियार, इश्वरमती कटुवाल,गोबदने परियार, बिर नेपाली र मंगल नेपालीलाई अनुदान स्वरुप बितरण गरिएको छ भने सहनाई बाजा भने कर्णाली संस्कृति केन्द्रका अध्यक्ष राजबहादुर दानी र लोकबाजा संरक्षणनामक संस्थाका अध्यक्ष कमानसिंह नेपाली सहित गजदल परियार र भदौरे टमटालाई हस्तान्त्रण गरिएको छ ।
यस्तै भाँडा कराउने मेसिन(आफर) भने प्रत्येक वडाका ३।३ जना सहित अन्य २ जना गरी २० जनालाई आजै वितरण गरीएको संस्थाका सदस्य राजबहादुर पार्कीले बताउनु भयो । यो सामाग्री दलित आयोगका सदस्य मेलबहादुर पार्कीको पहलमा राष्ट्रिय बाणिज्य बैंकको आर्थिक सहयोगमा हुम्लाको अदानचुली गाउँपालिकामा वितरण गरीएको छ । यस बाहेक देशका विभिन्न जिल्ला र गाउँपालिकामा अनुदान स्वरुप वितरण गर्दै आएको पनि बताउनु भयो ।