बाजुराको बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै हुम्ला र बाजुरा गरी २९ वटा घर बगाएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले ताँजाकोट गाउँपालिका सम्म भौतिक क्षति पु¥याएको हो । लेदो सहितको बाढीले हुम्ला स्थित का ११ घर बगाएकोे हुम्लाका प्रहरी नायब उपरिक्षक संकर पाख्रेलले बताउनुभयो ।
बिच्छ्यामा ७ घर र कुवाडीमा २२ घर गरी २९ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । सो बाढीका कारण दुई दर्जन बढी घरसहित सरकारी संरचनाहरु उच्च जोखिममा रहेका छन् । बाढीले केही घर बगाएको छ भने केही पुरिएका छन् । तर मानविय क्षति भने भएको छैन् ।
अविरल बर्षापछि आएको बाढीका कारण स्थलगत मुचुल्का गर्न नसिएको भएपनि बिहिबार बिहान बहाब घटेसँगै मैला प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक पदम बहादुर कार्कीको नेतृत्वमा गरिएको मुचुल्का अनुसार ताँजाकोट– १ स्थित ११ घर पुर्ण रुपमा क्षती हुनुका साथै लाखौको धनमाल र जग्गा जमिन बगाएको छ । बाढी आउँदा खोला आसपासमा रहेको खेतियोग्य जमिन सहित धान बाली लगेको पिडित मनबिर रिठालले बताउनुभयो ।
हुम्लाका ११ घरमा क्षती
बाढीले सो ताँजाकोट गाउँपालिका वडा नम्बर १ का मनबिर रिठाल, धौला रिठाल, धनलाल रिठाल, बाठे रिठाल, ानजित रिठाल, राज बहादुर रिठाल, दल बिर रिठाल, बिरसिंह रिठाल, मने रिठाल, मन सिंह रिठाल, रण बहादुर रिठाल र तिलक खत्रीको घरमा पुर्ण रुपमा क्षती पुगाएको छ । उहाँका अनुसार एक्कासी आएको बाढीले घरमा भएका लत्ता कपडा, भाँडडा वर्तन सहित अन्य धनमाल र आधा गाउँ लगेको छ । घरसँगै खेतियोग्य जमिन सिँचाइका लागि लगिएको १ सय मिटरको कुलो समेत बगाएको छ ।
बाजुराका १८ घरमा क्षती
हिमाली गाउँपालिका वडा नम्बर १ बस्ने नरेन्द्र बहादुर बुढा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोतल थापाको घर पूर्ण रुपमा क्षति भएका छन् । उनीहरुका ढुङ्गा माटोले बनेका घर, पसल सहित खेतबारीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो । उहाँका अनुसार उक्त खोलामा आएको बाढीका कारण सोही ठाउँका १७ वटा घर उच्च जोखिममा रहेका छन् ।
त्यस्तै बाढीबाट हिमाली गाउँपालिका १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल सहित विद्युत लाइन समेत उच्च जोखिममा रहेका छन् । त्यसै गरि सोही बिच्छ्या खोलामा आएको बाढीले वडा नम्बर ५ कुवाडीमा पनि करिब एक दर्जन घरहरु बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीका अनुसार वडा नम्बर ५ बस्ने नवराज बुढथापा, देवीलाल चदारा, बिरमल चदारा, अजय चदारा, अङ्गविर चदाराको घर बाढीले बगाएको छ । त्यस्तै बल बहादुर चदारा, मुगा लुहार, देविलाल बुढथापा, विरभान लुहार र डबल लुहारको घर पनि कुवाडी खोलामा आएको बाढीले बगाएर क्षति भएको बताउनु भएको छ ।
एकैदिनको बाढीले घरसहित खेतबारी बगाएपछि पीडितहरु घरबार विहिन भएका छन् भने तत्काल सरकारले उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बिच्छ्यामा फोन सम्पर्क समेत नहुँदा पनि थप समस्या भएको स्थानीयहरुले बताएका छन् ।