हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को कार्यालय तालाबन्दी गरीएको छ । उक्त वडास्थित माजगाउँको सिर्जनशील प्राविलाई गाउँबासी र विद्यालय व्यबस्थापन समितिको रायविनै विहानी प्राविमा गाब्ने गाउँपालिकाको निर्णय वि?द्ध आन्दोलित भएका उक्त गाउँका नागरिकह?ले आज वडा कार्यालय तालाबन्दी गरेका छन् ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ?पलाल रावतले भने “विद्यालय मर्ज राज्यको नीति अनुसार गर्नुपर्ने हो, तर ‘आफ्नो हात जगन्नाथ’ गरियो किनभने विद्यालयको प्रधानाध्यापक र वडा अध्यक्षको गोप्य मिलोमतोमा यस विद्यालय विहानीमा मर्ज नागरिकह?को राय सल्लाह तथा सुझाव सङ्कलन नगरी आफ्नै मनपरी ढङ्गले गरेकोले यस समुदायको लागि शैय हुँदैन त्यस कारण हामी आन्दोलन गर्न बाध्य भएका हौँ ।” ।
यता पालिका तथा शिक्षा शाखाले गणतन्त्र र सिर्जनशील मर्ज गर्ने भन्ने कुरा थियो तर राता रात कसरी हाम्रो विद्यालय मर्ज भयो ? यो कुनै हालतमा विहानीमा मर्ज हुन सक्दैन । २०६८ सालमा विद्यार्थीको अनुपातमा र भुगोलको आधारले यो विद्यालय सरस्वती माविबाट नेपाल सरकार शिक्षा मन्त्रालयबाट छुट्टाछुट्टै अनुमती दिएको थियोे ।
सर्केगाड गाउपालिका वडा नः १ जैर स्थित माझगाउमा रहेको सिर्जनसिल प्राथमिक बिद्यालयलाई नेपाल सरकारले नजिकका बिद्यालय समायोजन गर्ने भन्ने नीति अनुसार सोही वडाको डिलगाउ स्थित बिहानि आधारभुत बिद्यालयमा मर्च गर्ने भनि शिक्षा विकास तथा समन्वय ईकाईले पत्र पठाएपछि माझगाउ स्थित सिर्जनसिल प्र.बि.का प्रधानाध्यापक कृष्ण रावत र अन्य शिक्षकह? सहित माझ गाउका स्थानियबासीह?ले आज वडा कार्यलय ताला बन्दी स्थानीय रतन रावतले बताउनु भयो ।
आज वडा कार्यलयमा तालाबन्दी गरेका हौँ यदी भोलि सम्म यो निर्णय नसच्चिय गाउपालिकामा नाराबाजी सहित धर्ना गर्ने गाउँको निर्णय भएको बताउनु भयो । यही मिति २०८२ साल भदौ ८ गतेको पत्र अनुसार सिर्जनसिल र बिहानी मात्र नभई गाउँपालिका भित्र रहेका धेरै विद्यालयह? मर्ज गर्ने गाउँ शिक्षा समिलिे सबै विद्यालयमा पत्र पठाएको छ ।
गाउँ शिक्षा समितिका सदस्यह?, वडा अध्यक्ष र प्रधानाध्यापकह?को संयुक्त बैठकले नेपाल सरकारको निति अनुसार विद्यार्थी संख्या कम भएका र दुरीको हिसाबले नजिक पर्ने विद्यालय मर्ज गर्नु पर्ने भएकाले गाउँपालिका भित्र रहेका अधिकांस विद्यालयह? मर्ज गरेको शिक्षा शाँखामा कार्यरत विरजन शाहीको भनाई छ । उहाँका अनुसार वडा नम्बर १ को जैरमा भएका तिन गाउँमा माध्यामिक विद्यालय सहित ४ वटा विद्यालयह? छन् जसमा माथिल्लो गाउँमा गणतन्त्र प्रावि, माजगाउँमा सृजनशिल प्रावि र तल्लो ठुलागाउँमा विहानी प्रावि छ भने तिनै गाउँको मध्ये क्षेत्रमा सरस्वती माध्यामि विद्यालय छ । माझगाउँ र तल्लो गाउँ दुरीको हिसाबले निकैनै नजिक छ भने करिब २७ जना विद्यार्थी तल्लो गाउँबाटै विद्यार्थी सृजनशिलमा अध्ययन गर्न गैरहेकाले पनि सम्बन्धीत वडाका वडा अध्यक्ष प्रधानाध्यापक सहितको संयुक्त बैठकले विद्यालय मर्जगर्ने निर्णय भएको बताउनु भयो ।
सर्केगाड गाउँपालिका वडा नम्बर १ को जैरमा मात्रै एक माध्यामिक सहित ६ वटा विद्यालय स्थापना भएका छन् । ४ वटा विद्यालय गाउँमा छन् भने छिडि नात्तामा तारा प्रावि र तुम्चमा देबल प्रावि छन् । यि दुई दुरीको हिसाबले निकैनै टाढा छन् । यता विहानी, गणतन्त्र र सिर्जनसिल प्राविमा विद्यार्थी संख्या धेरै भए पनि दुरीको हिसाबले नजिकै भएकाले पनि यिनिह? अहिले मर्ज नगरेपनि ढिलोमा मंसिर सम्म भौतिब सर्बेक्षण तथा इएमआइसको डेटाको आधारमा पनि मर्ज हुँने उनको भनाई छ ।
तर त्यहाँका नागरीक विद्यालय मर्ज गर्न नहुँने र गर्नै पर्ने भए आफुह?को राय सुझाबको आधारमा गर्नु पर्ने भन्दै हिजैबाट आन्दोलीत भएका हुँन् आज भने वडा कार्यालय तालाबन्दी गरेका छन् ।