वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको चंखेली गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् ।
गएका वर्षहरुमा ईन्टरनेटमात्र नभई टेलीफानेले समेत काम नगर्ने चंखेली गाउँपालिका फ्रजी सेवाले काम गर्ने भएपछि अब घरमै बसेर काम गर्न सकीने भएको भन्दै मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले बताउनु भयो । उहाँका अनुसार मेल्छामका केही घरहरुमा राम्रो काम गरी रहेको छ तर केही घरको बाहिर आउनु पर्ने भएको छ । उक्त गाउँमा फोन भने सोरु गाउँपालिकामा राखीएको टावरले काम गरीरहेको बताए । चरीगाउँ, र्कोका, पुमा, राँती र निमा गाउँमा पनि बाहिर आएपछि काम गरी रहेको बताउनु भयो ।
विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइएपनि हुम्लाको चंखेली गाउँपालिकामा टेलीफानेले समेत काम गर्दैन थियो हामी व्यवषायीहरु बिहान घाम लागेपछि अग्लो डाडामा गएर फोन गर्ने र साँझ घाम अस्ताएसँगै टेलीफोन सेवा समेत अस्ताउने गर्नाले निकैनै समस्या भएकोमा हिजो देखी फोरजी सेवा सञ्चालनमा आएपछि पसलबाटै सबै काम गर्न सकिने भएको पिप्लाङ्मा व्यवषाय गर्दै आएका दिपक थापाको भनाई छ ।
यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरिरहेका त्यहाँका नागरिक आफ्नो घरको कुनामै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सीमा नै नरहेको हुम्ला चंखेली गाउँपालिका दिपक बुढाले बताउनु भयो ।
चंखेली गाउँपालिकामा फेरजी सेवा जडान गरेसँगै दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।
गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो उनले भने “हुम्ला जस्तो भौगोलिक रूपमा बिकट क्षेत्रमा समेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले आजदेखि फेरजी टावर सञ्चालनमा आउँदा र सुखद् समाचार सार्वजनिक गर्न पाउँदा आफु निकै हर्षित छु । यस ऐतिहासिक उपलब्धिले सम्पूर्ण स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वास समेत लिएको छु ।”
आफुले हेरेको दूरदृष्टि, प्रतिबद्धता पुरा गरेकाले अब हाम्रो गाउँपालिकामा पनि फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने बताउनु भयो ।
चंखेली गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले चंखेली गाउँपालिकाका केही बस्तीहरु सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीहरुमा समेत काम गर्ने भएको छ ।
वडा नम्बर ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र ताँजकोट गाउँपालिकामा फागुनमै सञ्चालनमा आई सकेको छ भने सर्केगाडको लागि पनि महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि हुम्लाको लगभग सबै बस्तीहरुमा फेरजी सेवाले काम दिने भएको छ । महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचरु हुनेछ ।
जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफुहरुलाई कार्यालयी काम गर्न समेत सहज हुँने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरविर शाहीको भनाई छ उनका अनुसार यस अघि ईन्टरनेट नहुँदा स्वास्थ्य सम्बन्धी डेटाहरु भर्ना समेत मुस्कील भएको थियो अब देखी सहज हुँने भएको बताउनु भयो ।
गाउँमा फोरजी सम्मको सेवा र्पुयाउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चंखेली गाउँपालिकाका शाहीले बताए ।
फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । उक्त गाउँपालिकामा यस अघि टेलीफोनले समेत काम गर्दैन थियो । –––कालीबहादुर थापा