हुम्लामा उत्पादन भएका स्याउहरुलाई सुरक्षित रुपले गन्तव्यसम्म ढुवानी गर्नका लागि जिल्ला कृषि विकास कार्यालयद्वारा गुणस्तरीय कार्टुन वितरण गरेकको छ ।
वितरण गरिएका कार्टुनहरु जिल्ला बाहिरबाट अर्डर गरी ल्याएर हुम्लामा उत्पादन भएको स्याउ ढुवानी गर्न सहज होस भन्नका लागि किषानहरुलाई वितरण गरिएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनु भयो ।
हिमाली जिल्ला हुम्लाको जिल्ला सदरमुकाम क्षेत्रमा स्याउ पाक्ने समय सुरु हुन थालेको छ भने जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकेर सकि सकेको अवस्थामा जिल्ला सदरमुकाम सिमकोट अर्थात माथिल्लो क्षेत्रमा अत्याधिक रुपमा स्याउ फल्ने तर सुरक्षित तरिकारले ढुवानी गर्न नसक्दा सौयौँ स्याउहरु कहिने भएकाले यस वर्ष जिल्ला कृषि विकास कार्यालयले समयमै कार्टुन जिल्लामा ल्याई वितरण पनि सुरु गरिएको बताउनु भयो ।
प्रति कार्टनमा १० देखि १२ केजी स्याउ अट्ने कार्टुनको छपाईका लागि प्रति कार्टुन ६२ रुपियाँ र ३० रुपियाँ ढुवानी गरी ९२ रुपियाँमा हुम्ला आइपुगेको भएता पनि जिल्ला कृर्षि बिकास कार्यलय हुम्लाले प्रति कार्टुन २५ रुपियाँ राजस्व स्वरुप लिने गरिएको छ ।
कार्टुनमा स्याउको जात, ग्रेड, तौल र उत्पादक किसानको नाम राखिएको छ । किसानले आफ्नो आवश्यकता अनुसार यी कार्टुन कार्यालयबाट लिन पाउने उहाँले बताउनुभयो । यी कार्टुन तयारमा दुई लाख बजेट खर्च गरेर जिल्ला कृर्षि बिकास कार्यलय हुम्लाले यस वर्ष एक हजार पाँचसय थान कार्टुन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तयार पारी किसानलाई वितरण गर्न सुरु गरिएको हो ।
हिमाली जिल्ला हुम्लामा सहुलियत कार्टुन पाएका किषानहरुले उत्पादन गरेको स्याउ जिल्ला बाहिर सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाडौँ,सम्मपुग्ने गरेको हुम्लाका किसान हरुले बताउन थालेका छन । –––कालीबहादुर थापा