गाउँपालिकाले नियुक्त गरेका पुर्व करार कर्मचारीहरुले तलब नपाएको लगाएतका मागहरु राख्दै भन्दै हुम्लाको अदानचुली गाउँपालिकामा लगाइएको ताला आज खुलाइएको छ । आन्दोलनरत पिडित पक्ष र अदानचुली गाउँपालिका विच ७ बुँदे सहमती पत्रमा हस्ताक्षर गरेलगत्तै आजै ताला खुलाइएको छ ।
गएका साउन भन्दा अगाडि नियुक्त गरेका करार कर्मचारीहरु, व्यवषायीहरुले गएको मंसिर २ गतेका दिन आफुले पाउने पर्ने पारीश्रमीक नपाएको र गाउँपालिकाले भुक्तानी दिनु पर्ने लगायतका मागहरु राख्दै बजार र्याली सहित अन्तीममा लगाइएको ताला आज यहाँका राजनितिक दलहरुको सकृयतामा स्थानीय प्रहरी प्रशासनको रहोबरमा आज ७ बुँदे सहमति पत्रमा हस्ता क्षेर गरे लगत्तै ताला खुलेको गल्फागाड प्रहरी चौकीका इन्चार्ज राम बहादुर रोकायाले बताउनु भयो ।
हिजो दिनभर प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारी, राजनितिक दल, स्थानीय प्रहरी प्रशासन र आन्दोलनकारी बिच सहमतीको प्रयास गरीएपनि सहमती हुँन नसेको र आज बिहान १० बजेबाट भएको छलफल पश्चात दिउसो १ बजे ताला खुलाइएको हो ।
सहमतीपत्रमा राजनितिक दल र गल्फागाड प्रहरी चौकीको रहोबरमा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष कर्ण रोकाया र प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले उक्त सहमती पत्रमा हस्ता क्षर गर्नु भएको छ भने आन्दोलनरत पिडित पक्षको तर्फबाट वडा नम्बर २ का पुर्व कम्प्युटर अप्रेटर समेत रहेका आन्दोलन संयोजनका संयोजक धर्मराज बोगटी, ४ नम्बरका कम्प्युटर अप्रेटर छबीलाल थापा, नागरीक संयोजक अनन्त महतारा,व्यवसायी संयोजक अर्बिन्द बुमी र युवा संयोजक जसी फडेराले हस्ताक्षर गरे लगत्तै आजै ताला खोलीएको आन्दालनका संयोजक बोगटीले बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, शाखा प्रमुखहरुलाई यथासक्य उपस्थिति गराउने र उहाँहरुको उपस्थितिमा करार कर्मचारीको एकिन गरी यर्थात पाउने रकमको भुक्तानीको प्राक्रिया तत्काल शुरु गर्ने , होटल तथा पसलहरुमा भुक्तानी गर्न बाँकी रकम एकिन गरी सम्बन्धीत व्यावसायीहरुहरुलाई भुक्तानी प्रकृया तत्काल शुरु गर्ने सहमती भएको छ ।
यस्तै अधिकांस समय गाउँपालिकाका जिम्मेवार व्यक्तिहरु (जनप्रतिनिधि तथा कर्मचारीकहरु) उपस्थित नहुदाँ पालिकाका वासिन्दाले पाउनु पर्ने सेवा सुविधा प्रभाव पारेको भन्दै पालिकामै रहेर सेवा प्रवाह गर्नको लागि अनिवार्य ई. हाजिर (विद्युतिय) हाजिरको व्यावस्था गर्ने लगायत ७ बुदामा हस्ताक्षेर गरे पश्चात ताला खुलाईएको बताउनु भयो ।
