हुम्लाका पाँच विद्यालयलाई हेल्प नामक संस्था द्धारा स्कुल इन ब्याक बितरण गरेको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका मष्टादेब, पुद्दुकोट, गल्फागाड, थुम मालिका र मण्डाली आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल इन ब्याक बितरण गरेको हो ।
हेलम्बु एजुकेशन एण्ड लाइभ्ली हुड पार्टनरसिप (हेल्प) नामक संस्थाद्धारा अदानचुली २ मा रहेको पुद्दुकोट आधारभुत बिद्यालय, मष्टादेब आधाभुत विद्यालय,थुममालिका आधारभुत विद्यालय, गल्फागाड आधारभुत विद्यालय र अदानचुली १ तल्लो कल्खेमा रहेको मण्डाली आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल इन ब्याक कार्यत्रम अन्त्रगतका शैक्षिक तथा सरसफाइका सामाग्री बितरण गरेकोे हो ।
वितरण गरीएका सामाग्रीहरुमा कापी किताब बोक्न झोला, पानि खाने बोतल, कलर, ४ किसिमका कापी, ज्यामीट्री बक्स, पेनसिल, स्केल, काइयो, नेल कटर, मन्जन, ब्रस, मनजन ब्रस ब्याक, भ्यास्लीम नुहाउने साबुन गरी कक्षा ३ सम्मका बिद्यार्थीलाइ १५ प्रकारका र कक्षा ४ र ५ लाइ १७ प्रकारका सामाग्री प्रदान गरिएको हेल्प संस्थाका प्रतिनिधि मोहन तामाङले बताउनु भयो । उहाँका अनुसार ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरु आफ्नो ब्यक्तीगत सरसफाइ र शैक्षिक सामाग्ी अभावका कारण नियमित बिद्यालय नजाने र सो अनियमिततालाइ नियामित बिद्यालयमा जान प्रेरित गर्नका लागी आफ्नो संस्थाले सो सामाग्री बितरण गर्ने गरेको बताउनु बताउनु भयो ।
सरकारी बिद्यालयमा समेत अध्ययन गर्न शैक्षिक सामाग्रीको अभावमा रहेको बालबालिकाहरुलाई १७ प्रकारका ब्यक्तीगत सरसफाइ र शैक्षिक सामाग्री पाउदा खुसी भएका छन । बिद्यार्थीहरुलाई उक्त सामाग्रीले अध्ययन गर्न थप सहयोग पुग्नुका साथै हौसला प्रदान गर्ने देखिएको सामाग्री सहयोगको लागि पहल गर्ने अदानचुली २ का लोकेन्द्र भण्डारीले बताउनु भयो ।
आफ्नो गाउँ ठाउँका बिद्यार्थीहरुको शिक्षामा गुणस्तर कायम गर्नका लागि आफैले भएसम्म सहयोग गर्ने र नभए बिभिन्न दाताहरुसँग पहल गरेर भएपनि लाग्नु पर्ने र मानिसले सबै क्षेत्रतिर सहयोग माग्न लाच र हिचकिचाह नमाजी अनुरोध गरे कसैन कसैले पक्कै सहयोग गर्ने गरेको बताउनु भयो ।
यस्तै अदानचुली गाउँपालिकाका ५ वटा विद्यालय गरी करिब ४ सय भन्दा धेरै विद्यार्थीहरुलाई १७।१७ प्रकारका शैक्षिक सामाग्रीहरु वितरण गरीएको छ । –––कालीबहादुर थापा