दलित सशक्तिकरण केन्द्र नेपालले हुम्लाका व्यबषायीहरुलाई प्रविधि हस्तान्त्रण गरेको छ । मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक र महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा केन्द्रले हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका निरन्तर व्यवषाय गरी रहेका ३२ जनालाई सिलाई कटाई र आरन सम्बन्धी सामाग्रीहरु हस्तान्त्ररण गरेको केन्द्रका अध्यक्ष विजय पार्कीले बताउनु भयो ।
काठमाडौँमा खरीद गरी गाउँ सम्मै ढुवानी गराएर गाउँपालिकाका उपाध्यक्ष करण रोकाया सहित वडाका वडा अध्यक्षहरु, कार्यापलिकाका सदस्यहरु, विभिन्न शाँखाका प्रमुखहरु र राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा गाउँपालिकाको सभागृहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरीएको बताउनु भयो ।
दलित सशक्तिकरण केन्दलाई मुक्तनाथ विकास बैंकले ९ वटा सिलाई मेसिन, कृषि विकास बैंकको २ सिलाई मेसिन र १६ वटा भाडा कार्न प्रयोग गरीने आरन ब्लोर मेसिनहरु सहयाग गरेको हो यस्तै महालक्ष्मी विकास बैंकले ५ वटा सिलाई मेसिनहरु उपलब्ध गराए लगत्तै केन्द्रले वडा कार्यालयको सिफारीसमा गाउँमा व्यवषय गरी रहेकाहरुलाई यि सामाग्रीहरु वितरण गरीएको अध्यक्ष पार्कील बताउनु भयो ।
अदानचुली गाउँपालिका वडा नम्बर १ का प्रेमसिंह दमाई, साउने दमाई र मालदेबी थापालाई सिलाई कटाई मेसिन तथा जगत भियाल र अज लुवारलाई आरन हस्तान्त्रण गरेको छ । यस्तै वडा नम्बर २ का तेजबहादुर सुनार, भक्त सुनार, महाविर पुन, गोख्र्या सुनार र रिउले सुनारलाई आरन वितरण गरेको अध्यक्ष पार्कीले बताउनु भयो ।
वडा नम्बर ३ का विरबहादुर दमाई, प्रकास नेपाली, बलबान दमाई, लालसिगे दमाई, देउले दमाई, पुन्चे दमाई, निर्मला रोकाया, सरला रोकाया र काले दमाईलाई सिलाई मेसिन तथा सुत्त भियाल, रामबहादुर पार्की, धन्दे पार्की र दउचन्द्र पार्कीलाई आरन मेसीन सहयोग गरेको हो । यस्त वडा नम्बर ५ का कन्न लुवार र मनसुर टमटा तथा वडा नम्बर ६ का चाउरे टमटा र हिवारे टमटालाई आरन सहयोग गरेको बताउनु भयो ।