फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुरु हुन गही रहेको मौन अवधिको पुर्ण परिपालन गर्ने राजनिति दलले प्रतिवद्धता जनाएका छन् । सोमबार मुख्य निर्वा चन अधिकृतको कार्यालय हुम्लामा सञ्चालन भएको आचार सहिता सम्बन्धि र उम्मेदवार, उम्मेदवारका प्रतिनिधिहरुसंग गरिएको छलफल बैठकमा राजनिति दलले मौन अवधिको पुर्ण परिपालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचन आउन अव जम्मा तीन दिन मात्रै बाँकी रहँदै गर्दा निर्वाचन आयोगले आज सोमबार रातिको १२ बजेदेखि मौन अवधि सुरु गर्दै छ । आज रातिको १२ वजेदेखि कुनै पनि राजनिति दलले आचारसहिंता विपरित काम गर्न नमिल्ने र प्रत्येक उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, लगायत राजनिति दलको नेता तथा कार्यकर्ताहरूले मौन अवधि विपरित कार्य गर्न नहुने जनाएको छ । उक्त अवधिभर नियम विपरित गतिविधि गरेको खण्डमा निर्वाचन आयोगले उलंघन कर्तालाई कार्वाही गर्ने भएको छ ।
बैठकमा बोल्दै नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहराले मौन अवधिको समय भरि आफ्नो पार्टीले नियम विपरित कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । यसका लागि आजैबाट पार्टीका उम्मेदवार, प्रतिनिधि र नेता तथा कार्यकर्तालाई समेत पुर्व जानकारी गराई आ आफ्नो स्थानमा बस्न आग्रह गर्ने जानकारी गराउनुभयो ।
त्यस्तै यो समय देशले हार्ने र व्यक्तिले जित्ने भएकोले हुम्लामा सबै पार्टीले सम्मेमित हुनु पर्ने भएको राप्रपाका जिल्ला अध्यक्ष विकास महतले बताउनुभयो । अध्यक्ष महतले यसमा सबै राजनिति दलले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्वतन्त्र वाताबरणमा निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले सरोकारवाला निकायदेखि अन्य मतदाता र उम्मेदवारको कर्तव्य, जिम्मेवार र महत्वपुर्ण भूमिका रहने भएकोले यसका लागि सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले आग्रह गर्नुभयो । उहाँले २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै जसो कुरा फर्जि मत र वारेसनामा गर्ने जानकारी आएकोले यो नियम विपरितको कार्य हो । यो कार्य गर्न नपाइने जानकारी दिनुभयो । प्रजिअ रेग्मीका अनुसार दफा ५२ मा उल्लेख गरिएको अनुसार मतदान केन्द्रमा अशक्तहरु, अपङ्गता भएका व्यक्ति बाहेक अन्य व्यक्तिहरूले त्यसरी वारेसनामा गर्न नमिल्ने भएको छ ।
बैठकका अध्यक्ष एबम मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार यो निर्वाचन सतभाव पुर्ण मनोनयन दर्ता भए जस्तै मतदान पनि सद्भाव पुर्ण हुने बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बरालले मौन अवधि सबैले परिपालना गर्न अनुरोध गर्नुभयो ।
उक्त चुनावमा मतदान प्रतिनिध वा उम्मेदवारका एजेन्डले मतदान अधिकृत संग भेरिफाई गरेर जानकारी गराए मात्रै तोकिएका व्यक्तिहरूको वारेस गर्न मिल्ने बताइएको छ । मतदान केन्द्रमा जो सुकैले अर्काको मताधिकारलाई कुन्ठित गर्न नदिनका लागि सबैको भुमिका रहने भएकोले सबैलाई पुर्व जानकारी गराउनु पर्ने भएको छ ।
उक्त बैठकमा सन्चारकर्मीहरुले पनि आजबाट आचारसंहिता विपरित पार्टीका सुचना, विज्ञापन, समाचार बजाउन नमिलने भएको बताइएको छ ।