जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित लिमिका मतदान केन्द्रहरूमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको छ । कर्मचारी तथा सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका उच्च मतदान केन्द्रहरूमा हेलिकप्टरको बेबस्था गरेको हो ।
पैदल मार्गबाट निर्वाचन सामग्री लैजानु पर्दा कठिनाई हुने भएकोले निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टर मार्फत लिमिका तीनवटा मतदान केन्द्रमा ओसारेको निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो ।
लिमिका तीनवटा मतदान केन्द्रहरु भृकुटी आवि जाङ, सुनखानी आवि हल्जी र हिमशिखर आवि तीलका लागि निर्वाचन सामग्री र कर्मचारीहरू खटिने भएका छन् ।
उहाँका अनुसार यि चार वटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अबरुद्ध भएको कारण ४ वटा मतदान केन्द्र गरी २० जना कर्मचारीहरु, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरी सहितका सुरक्षाकर्मीहरु ८० जना गरी १ सय २ जना कर्मचारी र मतपत्र लगाएतका निर्वाचन सामाग्री आज र भोली गरी २ दिनमा हेलिकोप्टरबाटै ओसारीएकाे बताउनु भयो ।
लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता रहेका छन् ।