सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बर्षकै भब्य रुपमा लाग्ने साउने पुर्णिमा मेलाका कारण खेलकुद मैदान र सिम क्षेत्रभरी फाहोर थुप्रियको छ ।
पुर्णिमाको चतुरदर्शीका दिन देखि पञ्चमि सम्म लाग्ने उत्त मेलाका कारण दुबै क्षेत्र भरी फाहोर थुप्रिएको हो । मेलाभर उत्त क्षत्रमा देवाडा खेल हुने भएकाले भत्तजनहरुको बाक्लो उपस्थितका कारण उत्त क्षेत्रमा फोहोर थुप्रिएको हो ।
जिल्लाकै भब्य रुपमा मनाइने उत्त मेलामा जिल्लाका बिभिन्न ठाउँका भत्तालुहरुको उपस्थित संगै ठुलो संख्यमा देउडा खेल हुदा उत्त क्षेत्रमा फोहोर भएको छ ।
मैदान र सिम क्षेत्रभरी देउडा खेलका समयमा खाएर फालिएका बिभिन्न अखाध्य बस्तुहरुका खोस्टाले मात्र भरिएका छन । चौरमा खाइएका बिस्कुट, चाउ चाउ,चक्लेट,फ्रुटि लगायतका पलाष्टिक जन्य फहोराले उत्त क्षेत्र भरि भराउ भएको हो ।
उत्त क्षेत्रमा नागरीकको कमजोरीका कारण फोहोर थुप्रिएको पाइएको छ । नागरीकले आफुले खाएका बिभिन्न बस्तुका खोस्टा एकै ठाँउमा नराखी जथाभाबी फ्याल्दा चौरभरी फोहोरको डंगुर देखिन थालेको हो । मेला अबधिभर उत्त क्षेत्रमा सरसफाइ नगरेकै कारण आज चौरभरी पालाष्टिकाका खोस्टा मात्र देखिन थालेका छन । यस सफा रहेको मैदान र सिम क्षेत्र आज फोहोरले भरीभराउ भएको छ ।
यसरी फोहोर भएको मैदान अहिले सम्म कुनै पनि निकायले सरसफाइमा चासो नदेखाएको पाइएको छ ।
फोहोर भएको चौर सरसफाइ नहुदा एक ठाउँको फोहोर अर्काे ठाउमा जाने समस्या पनि निम्तिन सकने भएको छ ।
उत्त चौरमा भएको पलाष्टिक जनय फोहोरका कारण माटो,पानि र हावा दुषित हुनका साथै माटोका उर्बरा शत्ति घट्ने, बोटबिरुवाको जरा माटोमा जान नपाउने, बिभिन्न दृघ रोगी हरुलाई स्वास प्रस्वासमा समेत समस्या निम्त्याने हुदा यसलाई समयमै बिर्सजन गर्न जरुरी भए पनि कसै चासो नदेखाएको पाइएको छ ।