सिमकोट । हुम्लाका सात गाउँपालिकाका मध्य ६ गाउँपालिकाका स्थानियले मात्र मनाउने पञ्चमी मेला देउडा खेलेर मनााइएको छ ।
जनै तथा साउने पुर्णिमा संगैको पञ्चमी मेला सोमबारबाट सम्पन्न भएको छ । जिल्लाको तल्लो क्षेत्रमा भाद्र शुक्ल एकादशि तिथिका दिनदेखि र माथिल्लो क्षेत्रमा चतुरदर्शि तिथिका दिनदेखि सुरु हुने मेला आजबाट बिधिवत रुपमा सम्पन्न भएको हो । मेलाभर जिल्लाका ६ वटै गाउँपालिकाका बिभिन्न देवलयमा पुजा आजा संगै धाम नाच पछि सम्पन्न भएको हो ।
जिल्लाका देवालयमा तिरदर्शी तिथिदेखि पुर्णिमा सम्म पुजा आजा संगै मठ मन्दिरमा खसी बोकाका बली चठाइएर धाम नाच गरीने मेला आजबाट सम्पन्न भएको जिल्ला स्थित बिभिन्न ठाउँमा रहेका हाम्रा स्थानिय संवादाताले जानकारी दिएका छन । मेला अबधिभर जिल्लाका बिभिन्न धाम नाच, देउडा प्रतियोगिता संगै भब्यताका साथ सम्पन्न भएको हो ।
जिल्लाको तल्लो क्षेत्रमा पुर्णिमाकै दिनबाट सम्मपन्न भएको उत्त मेला यस क्षेत्रमा भने आजबाट सम्पन्न भएको छ । सदरमुकाम समेत रहेको सिमकोटमा साँझ साँझ हुने देउडा खेल पनि आजबाट सम्पनन भएको छ ।
सिमकोट स्थित खेलकुद मैदान र सिम क्षेत्रमा बिभिन्न युवा युवती तथा साथि संगि बिच भएको देउडा खेल आजबाट समपन्न भएको हो । पुर्णिमाका दिनदेखि निरन्तर भइरहेको उत्त देउडा खेल आजबाट सम्पन्न भएको छ । यस्तै आज पञ्चमी तिथिका दिन बिभिन्न ठाउँमा देउडा खेल खेलि सम्पन्न भएको छ ।
अदानचुली गाउँपालिका र सर्केगाड गाउँपालिकाको मध्यभागमा रहेको पानिचौरमा दुबै गाउँपालिका बिच भब्य देउडा खेल भएको छ । उत्त क्षेत्रमा अदानचुली गाउँपालिका भित्रका ६ वटै वडाका स्थानिय र सर्केगाड गाउँपालिका वडा नम्बर २ र ३ का नागरीले संयुत्त रुपमा मेला मनाउने गरेका छन ।
यस्तै चंखेली गाउँपालिकाको मेखालमा पनि जिल्ला बाहिर तथा जिल्ला भित्रका स्थानिय देउडा खेलाडि बिच देउडा प्रतियोगिता गरिएको छ ।