हुम्लाको अदानचुली गाउँपालिका स्थीत वडा नम्बर ४ मा रहेको कुकुरफल्ना जलविद्यत् आयोजना तिन वर्ष पछि पुनः सञ्चालनमा आएको छ ।
२०७८ साल कार्तिकमा गएको बाढीले १३ सय मिटर लामो नहर बगाउँदा पुर्ण रुपमा बन्द रहेको उक्त लघु जलविद्युत आयोजना सोमबार साँझबाट सञ्चालनमा आएको विद्युत ब्यबस्थापन समितिका अध्यक्ष हस्तबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सोमबारबाट पावरहाउस सहित केहि गाउँमा विद्युत विस्तार भैसकेकोे बताउँदै अबको केही दिनमा वडा नम्बर ४, ५ र ६ का अन्य गाउँहरुमा विस्तार गरीने बताए ।
अदानचुली गाउँपालिकामा २ वटा साना लघुजलविद्युत आयोजनाहरु भए पनि दुबै आयोजनाहरु बेमौसमी वर्षाका कारण तहस नहस भएका थिए २०७८ सालमा कुकुरफल्नाको र २०८० मा आएको बाढीले गोरपाली स्थीत मछारी जलविद्युत आयोजनाको पावरहाउस नै बगाएर लगेपछी अदानचुली गाउँपलिकाका सबै वडाहरुमा कतै सल्लाको दियालो त कतै सौर्य उर्जाबाट चलीरहेको छ यतिबेला कुकुरफाल्नाको विद्युत बलेपनि अदानचुली ४,५ र ६ तथा अदानचुली ३ का केही बस्तीहरुमा मात्रै त्यसको लाई बिस्तार भएकाले अन्यवडामा बाल्ने नबाल्ने कुनै पत्तो छैन ।
साविकका २ वटा गाविस (श्रीनगर र कालीका) मिलेर अदानचुली गाउँपालिका बनेको छ । साविकको कालीकामा तत्कालीन नेकपा एमालेका नेता (हाल एकिकृत समाजबादीका पोलीट ब्युरो सदस्य) हस्तबहादुर शाहीले आफ्नो गाविसलाई केन्द्रीत गरेर अदानचुली ४ लौठीका आम्ला स्थीत कुकुरफाल्नामा विद्युतको सुरुवात गरी २०७० सालमा सो गाविसका सबै वडा र साविकको श्रीनगर वडा नम्बर ९ तथा वडा नम्बर ४ को गोरपाली ढकानीकुना सम्म बसेको विद्युत २०७८ सालको वर्षाले तहस नहस बनायो ।
यता साविकको श्रीनगरमा नेकपा एमालेका हाल केन्द्रीय सदस्य समेत रहेका पुर्व अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले नेतृत्व गरेको मछारी जलविद्युत आयोजना साविकको श्रीनगर गाविसको पैसा हालेर सबैको सहमतीमा सुरु गरीएको लामै समय पश्चात आफु गाउँपालिकाको अध्यक्ष भएको ४ वर्षमा विद्युत बले तर विद्युत बलेको ६ महिना नपुग्दै २०८० मा आएको बाढीले पावर हाउसको नाम निसाना नै मेटाइदिए पछी अदानचुलीका सबै नागरीकहरु अन्धकारमा छन् । अब साबिकको कालीकामा बत्ती बले पनि गाउँपालिकाको केन्द्र रहेको साविकको श्रीनगर भने अन्धकारमै छ ।
विद्युत समितिका अध्यक्ष समेत रहेका एकिकृत समाजबादीका नेता शाहीका अनुसार आफुहरु विद्युत दिन तयार भएको तर त्यहाँको स्थानीय सरकारले कार्यविधि बनाएर ठोस प्रस्ताव ल्याए पश्चात वित वितरण गर्न सकिने तर्क छ । तर यता साविकको श्रीनगरमा रहेको मछारी जलविद्युतका तत्कालीन अध्यक्ष दल फडेरा भने साविकको श्रीनगरको विद्युतलाई नै प्राथामीकता दिनु पर्ने तर्क छ ।
पहिलो पटक २०७० सालमा यो विद्युत बलेर साबिकको कालीका तथा अहिलेको अदानचुली ४,५ र ६ तथा वडा नम्बर ३ को गोपाली ढकानीकुना सम्म बत्ती बलेको थियो २०७८ साल कार्तिकको वर्षाले सबै नहर बगाएर लगे पश्चात पुन निमार्ण गर्नु परेको बताउँदै एकिकृत समाजबादीका पोलीट ब्युरो सदस्य समेत रहेका अध्यक्ष शाहीले करिब २ करोडको लगानिमा पुन निमार्ण भएको बताउनु भयो । उहाँका अनुसार आफ्नै पहलमा नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत ढाई करोडको सम्झौता गरिएपनि ८० लाख भन्दा धेरै रकम हुम्ला जिल्ला उर्जा कार्यालयले जानिजानि फ्रिज फालेकाले समस्या भएको बताउनु भयो ।