हुम्लाको ताँजाकोट गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप सप्ताह सञ्चालन गर्न लागेको छ । गाउँपालिकाको केन्द्रमा रहेको धर्मोदय माध्यामिक विद्यालयमा अन्तर विद्यालय स्तरीय विभिन्न ५३ वटा प्रतियोगिताहरु गरी यहि १४ गते शुक्रबारबाट एक हप्ता सम्म सञ्चालन गर्न लागेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भयो ।
बार्षिक स्वीकृत कार्यक्रम अनुसार हरेक विद्यालयहरुको वृहत्त मार्चपास प्रदशनी देखी जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरणको लागि विद्यालयमा वातावरणीय अनुकुलताको अवलोकन सम्मलाई उत्तः सप्ताहव्यापी कार्यक्रममा राखेको बताउनु भयो ।
पछिल्लो समय युवा तथा विद्यार्थीहरु विद्यालयको शैद्धान्तीक ज्ञान भन्दापनि व्यवहारीक ज्ञान वा प्रयोगात्मक कुराले बढी प्रभावित हुँने भएकाले गाउँपालिका भित्र रहेको सबै विद्यालयहरुलाई एकै ठाउँमा ल्याएर ४ तहमा प्रतिस्प्रधा गराई निश्पक्ष मुल्याङकन गरी विजेतालाई उचित पुरस्कारको व्यवस्था गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो ।
आधारभुत तह (कक्षा १–३) स्तरीय १३ वटा कार्यक्रम, आधारभुत तह (कक्षा ४–५) स्तरीय १३ वटा कार्यक्रम, आधारभुत तह (कक्षा ६–८) स्तरीय १२ वटा कार्यक्रम र माध्यामिक तह (कक्षा ९–१०) स्तरीय १५ वटा कार्यक्रमहरु सञ्चालन गरीने बताउनु भयो ।
गाउँपालिका भरीका सबै विद्यालयहरुलाई एकै ठाउँमा ल्याएर ५३ वटा भन्दा धेरै अतिरिक्त कृयाकलापका कार्यक्रम गर्नको लागि एक हप्ताको समय लाग्ने भएकाले आफुहरुले गतवर्षबाटै यस कार्यक्रमको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको भनाई छ । यस कार्यक्रमले विद्यार्थीहरुमा व्यावहारीक ज्ञान प्राप्त हुँने र यस किसिमका प्रतियोगिताहरु जस्तै हाजीरीजवाफ, बादविबाद, निवन्ध लेखन,नृत्य, दौड, गाएन, कम्प्युटर सिप परिक्षण, गणितीय दौड, व्याकरण, विज्ञान सामाग्री प्रदशनी लगायतका कुराको प्रतिस्प्रधा गराउने भएकाले विद्यार्थीहरु सृजनशिल बन्नुका साथै व्यवहारीक ज्ञान सिपको विकास भएको विस्वास व्यक्त गर्नु भयो ।
यस शैक्षिक सप्ताह कार्यक्रम विद्यार्थी स्तरीय मुल्याङकन सहित विद्यालयको समेत मुल्याङकन गरी विद्यालयलाई पुरस्कृत गर्ने भएकाले विद्यालयमा कार्यरत शिक्षकको समेत प्रतिस्प्रधा देखीने भएकाले शिक्षकहरुमा थप कटिबद्धता देखीएको बताउनु भयो ।
यस प्रतियोगिताबाट समग्रः कार्यक्रमहरुको विजयी विद्यार्थीहरु र कार्यक्रमहरु प्रतिशतको आधारमा प्रथम हुँने विद्यालयलाई रु १ लाख, द्धितिय हुँनेलाई ७५ हजार, तृतिय हुँनेलाई ५० हजार र सान्त्वना हुँने विद्यालयलाई २५ हजार नगद पुरस्कार प्रदान गरीने छ ।