हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी र स्वदेशी तीर्थयात्रीहरु गरी ६ हजार ८ सय २६ पुगेको छ ।
नेपाल र चीनको बीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गतेबाट सञ्चालनमा आएपछि स्वदेशी भन्दा विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौ मषान्त सम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका ६ हजार ८ सय २६ पुगेका छन् ।
जसमा भारतीय तीर्थयात्री ६ हजार ६ सय ६७ जना ७ जना रसियन र नेपालका १ सय ५२ जना रहेको अध्यागमन कार्यालय हिल्साका प्रमुख शंकर ढकालले बताए । उनका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने स्वदेशी भन्दा विदेशी पर्यटकको संख्या निकैनै बढेको र अँझै पनि बढ्ने अपेक्षा गरिएको बताउनु भयो ।
मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप अँझै घटेको छैन । चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको सिमकोट विमानस्थल स्ेतले जनाएको छ ।
मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो संख्या हो, यस वर्ष भारतीय पर्यटकहरु साढे ६ हजार आई सकेको र अँझै आउने क्रम जारी रहेको बताउनु भयो ।
मौसम अनुकुल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगञ्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन् । गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । यस वर्ष सडक सञ्चालनमा आए देखी कतिपय पर्यटकहरु गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
हिजो आज मौषममा आएको फेरबदलका कारण केही पर्यटकहरुले हेलीकप्टर चार्टर समेत गर्न थालेका छन् । उनका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् । जिलाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क समेत उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु.११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु.१५ सय तोकिएको छ । –––कालीबहादुर थापा