नेपाल बाहेक संसारको कुनैपनि देशमा नपाईने भनिएको बुद्धचित्त नामक वृक्ष परिक्षणको लागि हुम्ला ल्याईएको छ । अदानचुली गाउँपालिका वडा नम्बर ३ ले मुख्यमन्त्री कार्यक्रम अन्त्रगत काभ्रेपलाञ्चोकबाट खरीद गरी ट्रक मार्फत २२ सय विरुवा हुम्ला ल्याई आज वितरण गरीएको छ ।
अन्य वडाहरुले मुख्यमन्त्री कार्यक्रम अन्त्रगत ओखर, स्याउ लगायतका विरुवा वितरण गरीरहेको अवस्थामा आफुले परिक्षणको लागि भएपनि यस कार्यक्रम अन्त्रगतको सबै बजेट मार्फत आफै काभ्रेमा गई खरीद गरी ल्याएर प्रतिघरपरिवार ५ वटाका दरले वितरण गरीएको वडा अध्यक्ष डिलबहादुर फडेराले बताउनु भयो ।
हरेक वर्ष वडा तथा गाउँपालिकाले यस किसिमका पकेट क्षेत्र निर्माण गरी विरूवाहरु वितरण गरी रहेको भएपनि अदानचुली गाउँपालिकामा भने पहिलोपटक बुद्धचित्तका विरुवाहरु पुर्याइ वितरण गरीएको बताउनु भयो । यतिबेला मुख्यमन्त्री रोजगार कार्यक्रम अन्त्रगतको ८ लाख रुपैयामा खरीद गरी गाउँपालिका सम्म पुगाइएको छ । सामुहीक खेती गर्दा कुनैपनि सफल नभएकाले प्रत्येक घरधुरीलाई वितरण गर्ने वडाका नागरीकहरु सहितको सामुहीक सहमतीकै आधारमा वडाभित्रका सबै घरधुरीलाई ५।५ वटा विरुवाका दरले वितरण गरेको बताउनु भयो ।
धार्मिक कार्यको लागि अत्यन्तै उपयोगी तथा बहुमुल्यमा विक्रि हुँने भएकाले यसलाई संरक्षण गरी उमार्न सकेको खण्डमा आयआर्जनको मुख्य आधार बन्ने भएकाले सबैले विरुवालाई बचाउन अनुरोध समेत गर्नु भएको छ ।
कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवान आदी देशहरूमा यस्को मागउच्च हुने गर्दछ भने यो खेती नेपालको तराई देखि २२०० मिटरको उचाइ सम्म पारीलो, सेप नलाग्ने, पानीनजम्ने कोरेसाबारी, बगैचा, बारी, पाखो, पखेरो लगायतका जुनसुकै जमीनमा हुर्कने भएकाले यस क्षेत्रमा यसको सम्भावना भएकाले परिक्षणको लागि यसपटक यहाँ ल्याईको बताउनु भयो । –––कालीबहादुर थापा