चैत्र १८ हुम्ला ः हुम्लाको च्ांखेली गाउँपालिका वडा नम्बर ४ का जेष्ठनागरीक र धामीझाक्री भारतका प्रसिद्ध तिर्थस्स्थल भ्रमण पछि नेपाल फर्किएका छन ।
१३ गते हुम्लाबाट हिडेका तिर्थयात्री १५ गते भारत पुगेर १८ गते नेपाल आइपुगेका हुन । वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर शाहीले आफ्नो कार्यालय ब्याबस्थापन खर्च बचत गरेर सोही खर्चको रकमबाट जनप्रतिनिधिसँग जेष्ठनागरीक तथा धामीझाक्री तिर्थयात्रा कार्यक्रम अन्त्रगत जेष्ठनागरीक तथा धामीझाक्रीलाई नेपालको सुर्खेत स्थित देउती बजै, नोलगञ्जको बाग्यस्वरी र भारतको अयोध्या, काँसी र बनारस लगायतका प्रमुख धार्मिक स्थल तथा तिर्थस्थलहरुको यात्रा गरेर फर्किएका छन ।
धामझक्रीले भारतको काँसी स्थित बिश्वनाथ बाबाको दर्शन गरेका छन भने काँसीमा भएका सबै मन्दिरहरुको परित्रमा गरेका छन । बर्षौदेखी काँसीको तिर्थयात्राका लागि कुरिरहेका नागरीकले यतिबेला वडा अध्यक्षसँग जनप्रतिनिधि कार्यत्रमबाट भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उहाँहरुले भ्रमणको क्रममा काँसीनाथमा रहेको गंगा नदिमा स्नानसँगै डुंगामा सवार गरेका छन ।
डुंगाबाटै काँसीमा रहेको बिश्वनाथ बाबाको मन्दिरमा प्रत्यक्ष रुपमा दर्शन गरेपनि अन्य सबै मन्दिरहरुको डुंगाबाट दर्शन गरेका छन । त्यसको पछिल्लो दिन भगवान रामको जन्मभुमी यओध्या पुगेर घाटमा स्नान गरी शालीग्राम, रामदरवार परिक्रमा र राम मन्दिरको दर्शन गरेका थिए । आफ्ना कुनै पुराना पुस्ता समेत नगएको काँसीमा आफुले ७५ बर्षको उमेरमा जान पाउँदा खुसी भएको चंखेली ५ का स्थानिय सोनाम बुढाले बताउनु भयो । काँसी र अयोध्याको गंगामा स्नान गरेपछि पुर्बजुनीदेखी हालसम्म गरेको पाप पखालिएको बताउनु भयो । उहाँ मात्रै नभइ सबै धामीझाक्री र जेष्ठनागरीक खुसी भएका छन ।
उक्त भ्रमणमा धामीझाक्री सहित ९५ जना जेष्ठनागरीक, २ जनाको मेडिकल टिम, पत्रकार, भोलिन्टियर र सावारीचालक गरी १ सय १७ जनाको टोली रहेको छ । जसमा २५ जना महिला र अन्य सबै पुरुष रहेका छन । भारतको उत्तर प्रदेशमा रहेका मुख्य तिन स्थलहरुको भ्रमणपछि मंगलबार साँझ नेपालको नेपालगंज आइ पुगेका छन । जसकालागि वडा सरकारले १० लाख रकम बिनियोजन गरेको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्बेद्धार भई निर्वाचित भएका शाहीले निर्वाचनमा गरेको मध्ये एक महत्वपुर्ण बाचा थियो जेष्ठनागरीकलाई काँसी तिर्थ यात्रा गराउने त्यो निर्वाचित भएको ४ बर्षमा पुरा भएको बताउनु भयोे । वडा अध्यक्ष शाहीले भने “हुम्लाको टुप्पोबाट १ सय १७ जनाको टोली, त्यसैमा बृद्ध बृद्धालाई भारतमा पुगाउने कुरा चानचुने थिएन थिएन, त्यो सफल भएको छ” ।
यात्रामा भने २ जनाको मेडिकल टिमले समेत आवश्यक स्वास्थ्य उपचारका सामाग्री सहित बिचबिचमा बेरामी भएका नागरीकलाई उपचार समेत गरेका थिए । चंखेली गाउँपलिकाको पिप्लाङबाट हिडेको तिन दिनपछि भारतको बनारस पुगेका थिए । यतिबेला समाजमा जेष्ठनागरीकलाई डाँडा माथिको घाम भनिन्छ । उहाँहरुको एउटा रहर थियो काँसी तिर्थयात्रा गर्न जो इच्छा आज वडा अध्यक्ष पदम बहादुर शाहीले पुरा गर्दिनु भएको छ । वडा अध्यक्ष शाहीले डाँडामाथिका घामलाइ गएका पुस्ताहरुले समेत तिर्थयात्रा गर्न नपाएको ठाउँमा तिर्थयात्रा गराएपछि खुसीका आसँु सँगै भक्कानीनु भएको थियो ।
जेष्ठ नागरीकहरुले त्योे अबसरमा आफ्ना स्वर्गिय पृतीहरुको पिण्ड दान लगायतका धार्मीक सस्कार समेत पुरा गरेका छन । स्थानिय देवि देवता समेत गएका सो ठाउँमा देवता समेत ढुंगामाथि औताएका थिए । भ्रमणपछि सबै जेष्ठनागरीक तथा धामीझाक्रीले वडाअध्यक्ष शाहीलाई आशिवार्द समेत दिएका छन् । हुम्लादेखी ति तिर्थस्थथलमा भ्रमण गर्दा सबै खर्चमा एकल गयो भने प्रति ब्यत्ती ३० देखी ४० हजार नेपाली रुपैँया सम्म खर्च हुने देखिएको वडा अध्यक्ष पदम बहादुर शाहीले बताउनु भयो उहाँले समुहमा सबैलाई एकैपटक भएकाले अहिले सम्म प्रतिब्यक्ती १३ हजार जती खर्च भएको छ भने १० लाख बिनियोजित रकम अपुग हुने देखिएको बताउनु भयो ।
उनले घरबाटै ठुला ३ वटा बसहरु रिजर्भ गरी नेपालगञ्ज सम्म लगेका थिए भने नेपालगञ्जको रुपैडिया नाका हुँदै विभिन्न तिर्थस्थल सम्म घुम्नको लागि पनि सोही अनुसार बस रिजर्भ गरी नेपालगञ्ज पुगाएकोे बताउनु भयो ।





