आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी लगायत स्थानीय तहको वस्तुस्थीती बुझनको लागि हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक केमार रेग्मीको टोली जिल्लाको तल्लो क्षेत्रमा रहेका स्थानीय तहमा अनुगमन गरेको छ ।
आफु जिल्लामा आएको एक महिना भएको र जिल्लाका तल्लो क्षेत्रको भौगोलिक अवस्था देखी त्यहाँको वस्तुस्थीती र आगामि निर्वाचनको लागि मदतान केन्द्रहरुको बारेमा बुझ्नको लागि यतिबेला तिन वटा गाउँपालिकामा अनुगमन गरेको प्रजिअ रेग्मीले बताउनु भयो ।
उहाँका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा रहेका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा जिल्ला सदरमुकाम आसपासमै भएकाले पुगिसकेको र जिल्लाको तल्लो क्षेत्रमा रहेका ४ वटा गाउँपालिका सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुलीमा आफु नपुगेकाले स्थलगत अनुगमनको लागि आफुको बताउनु भयो ।
यतिबेला ४ वटै पालिकामा पुग्ने गरीएको भएपनि अदानचुली गाउँपालिकामा जाने सडक मर्मत भैरहेको र पर्खदा समय लाग्ने भएकाले पछिल्लो पटक आउने गरी तिन वटा गाउँपालिकामा अनुगमन गरेर फर्किएको बताउनु भयो ।
अनुगमन टोलीले गाउँपालिकाको निर्वाचन तयारी, शान्ति–सुरक्षा व्यवस्था, मतदाता शिक्षा कार्यक्रम र निर्वाचन सामग्री व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको बताउनु भयो । अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा शत्रु भञ्जन गुल्म रानीवन ब्यारेकका गुल्मपती सेनानी हरिबहादुर श्रेष्ठ, हुम्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेल, जिल्ला अनुसन्धान कार्यालय प्रमुख मेघराज कडेल, स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर उमाकान्त तिवारी, सामाजिक कार्यालय प्रमुख ईश्वर सिंहको टोली तिनवटा स्थानीय तहमा पुगेको बताउनु भयो । उक्त टोलीलाई गाउँपालिकाले स्वागत गरेका छन् ।