कालीबहादुर थापा, जेठ १२ हुम्ला । सामान्यता सिमानाको विबाद धेरै नै आउने गरेपनि हुम्ला र बाजुरा सिमा विबादले उग्र रुप लिएपश्चात अहिले राष्टिय मुद्धा नै बनेको छ । सुदरपश्चिमको प्रदेश सरकारले हुम्ला र बाजुराको सिमाना क्षेत्र रहेको लाम्पाटामा ४० लाख रकम विनियोजन गरी प्रहरी चौकी निर्माण गर्न सुरु गरेपश्चात यो विबादले राष्टिय मुद्धा बन्न गएको हो ।
सामान्यतयाः यस अघि पनि बिाद हुँने गरेकै गिए तर पनि यहि जेठ ५ गतेको दिन धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुरु गरेको सुदुरपश्चिम चिनाउ अभियान अन्त्रगत उक्त सिमानामा पर्ने रानीसैनमा गएर भ्रमण गर्ने व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले गएका थिए । तर हुम्लाका नागरीकहरुले उनिहरुलाई चिनेनन् कि त्यसको २ दिन अघि हुम्ला क्षेत्रमा प्रहरीचौकी निर्माण गर्न पपाईदैन भन्दै निर्माण अवरोध गरेका थिए फेरीपनि दलबल सहित प्रहरीचौकी निर्माणको लागि आएको हुँन सक्ने आसंकाले उनिहरुलाई लखेट्ने उद्देश्यले गरीएको धरपकमा उनिहरु परेको हुम्लाका नागरीकहरुको भनाई छ ।
यता नेपालका अधिकांस सिमानाहरु खोला, नदी र नालाहरुले छुट्याइएको छ सोही अनुसार हुम्ला र बाजुरा जिल्लालाई पनि कुवाडी खोलाले प्रश्ट रुपमा छुट्याएको देखिन्छ । कुवाडीकोलाको मुहहान सैपाल हिमालको पुर्वि बेश क्याम्प तथा रानी खर्कबाट सुरु भएर कर्णाली नदीमा मिसिन्छ । उक्त कुवाडी खोलाको एक पट्टी बाजुरा र अर्को पट्टी हुम्लाका गाउँ बस्तीहरु छन् । रानीसैन कुवाडी खोलाको मुहान हो । यसको एकपट्टी हुम्ला र एक पट्टी बाजुरा छ तर बाजुराले कुवाडी खोलाबाट हुम्ला पट्टी प्रहरी चौकी निर्माण गर्दा यो विबाद सुरु भएको हो ।
संरचनाले भन्छः ताल साझा हो तर लाम्पाटा र च्याचौर हुम्ला हो ।
हुन त सरकारले छानविन समितिनै गठन गरेको छ । उक्त समितिले अनुगमन गर्ला र यसको प्रतिवेदन आउने नै छ तर पनि त्यहाँको भुगोल र नेपालको संघिय संरचना अनुसार विभिन्न जिल्लाहरु, स्थानीय तह देखी गाउँ वस्तिी पनि नदि नाला खोला सडक लगायतले छुट्याएको देखिन्छ । यसमा पनि कुवाडी खोला हुम्ला र बाजुराको सिमाना हो । जहाँ यसको मुहान छ त्यहाँ देखी कर्णामा मिसिउन्जेल सम्म पनि हुम्ला र बाजुलाई छुट्याइएको देखिन्छ ।

यस खोला वा नदीको मुहान भनेको रानीशैन वा रानी खर्क हो । सैपाल हिमालको पुर्वि बेसक्याम्पमा पर्ने रानीशैनमा एक मझौला खाले ताल छ उक्त तालको पानी ढलेर उत्तः खोला बगेको छ । त्यसकारण ताजँकोट गाउँपालिका वडा नम्बर ३ मासपुरका स्थानीय राजबहादुर बुढा भन्छन् ताल विचमा छ उत्तः ताल दुबै जिल्लाको भएपनि तालबाट बगेको पानीबाटै त जिल्लाको सिमान छुटीएको छ तर पनि बाजुरका १।२ घरहरु वारी हुम्ला तिर छन् ।
उनले भने खासमा रानीशैन जान बाजुपट्टीबाट बाटो छैन हुम्ला भएरै जानपर्छ बाजुराका नागरीकको हो भने बाजुबाट बाटो किन बनेन, हुम्लाका नागरीकको भएकाले हुम्लाका नागरीकले बाटो बनाएर गाई गोरु राख्ने खर्क बनाएका हुँन् । यस बाजुराबाट जाने हो भने कुवाडीबाट मैतार्ना भन्ने ठाउँ सम्म सडकले छोएको छ यता हुम्ला पट्टीबाट पनि सडक मासपुर सम्म जोड्नको लागि बजेट व्यबस्थानपन भइरहेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको भनाई छ । उता बाजुराको मैतार्नाबाट बाजुराकै गुम्बा सम्म हिडेर जान करिब ६ घण्टा लाग्छ, त्यहाबाट माथी बाटो छैन यता हुम्ला प्रबेश गरेर हुम्ला पट्टीकै भुभाग लाम्पाटा पुग्न १ घण्टा, लाम्पाटाबाट सैन अर्थात रानीशैैन पुग्न ३ घण्टा( जहाँ हुम्ला र बाजुराका सडकहरु छन्) र हुम्लाकै भुभागबाट ताल भएको ठाउँमा पुग्न अँझै १ घण्टा पैदल हिडेर मात्रै कुवाडी खोलाको मुहानमा पुगिन्छ ।
आ आफ्नै दाबीः प्रमाणित आधारहरु के के छन् त ।
बाजुराले भने अनुसार हिमाली गाउँपालिका वडा नम्बर ३ अर्थात कुवाडी भन्दा केही माथी बिछ्या गाउँका छिङछुङर केलको नाममा १ कित्ता जग्गा नापी भएको, परापुर्वकाल देखी उक्त क्षेत्रमा बस्दै तथा भागचलन गदै आएका तथा भुगोल भन्दापनि गुगलले समेत बाजुरा देखाएकाले यो रानीशैन र लाम्पाटा होम्रो हो र हाम्रै हुँनु पर्छ भन्ने दाबी छ तर हुम्ला ताँजाकोट ३ रामाका मुखिया धर्मजित शाहीले बाजुराको गुम्बा मात्र नभई गुम्बाभन्दा अँझै पर फुलसैन सम्म पहिले हुम्लाकै भएको र त्यहाँको कर आफुले बुझाएको दाबी गर्दै आएका छन् ।
यस्ता छन् प्रमाणहरु


भने खार्पुनाथ गाउँपालिका २ थालीले २०५३ सालमै लाम्पाटा, च्याचौर लगायतका क्षेत्रहरु समेटेर थला सामुदयिक बन उपभोक्त समुह दर्ता गरी सञ्चालनमा रहेको तथा सिामा विबाद भएरपनि मुद्धा चलेको र वि.स. २०३२ साल भदौ १५ गते हुम्ला जिल्ला अदालतका न्यायधिस गणेश बहादुर मल्लले हुम्ला जिल्लाको नाममा फैसाला गरेकाले पनि हुम्लाकै भएको दाबी गरीएको छ ।
यता जिल्लाकै विज्ञका रुपमा देखीएको पुर्वमन्त्री छक्कबहादुर लामाले पनि उक्त क्षेत्रको विषयमा पटक पटक आर्टिकलहरु प्रकासन गर्दा तथा खोज अनुसन्धान गर्दा तिनिहरु पहिले सबै हुम्ली भएको र पछि मात्रै उनिहरुलाई सदरमुकाम जान गाह्रो र टाढा हुँने भएकाले १,२ जनाले बाजुराबाट नागरीकता लिएको बताउनु भयो । उनले लामो समय लाम्पाटामा जडीबुटी पेल्ने मेसीननै राखेका थिए पनि लाम्पाटामा असहज भएपछि गुम्बामा आएको र त्यहाँको बारेमा आफुपुर्ण जानकार भएको बताउछन् । उनि भन्छन् सिधा आँखाले हेदा देखिन्छ कि कुवाडी खोला भन्दा वारी हुम्ला क्षेत्रैमै भएकाले यो हुम्लामै हो । उने थप्नु भयो कि मैले काठमाडौमा १ टुक्रा जग्गा किन्दैमा हुम्ला हुँन सक्दैन त्यो काठमाडौ हो त्यसकारण बाजुरेलीको १,२ कित्ता जग्गा उतिबेला नापी गरेका हुँन सक्छन् तर बाजुराको हुँन सक्दैन ।
प्रतिस्ठाको लडाई र तस्करीको ट्रान्जीट पोइन्ट ।
निकैनै दुर्गम क्षेत्र भएकाले त्यहाँ जान सजिलो थिएन र अहिले पनि सजिलो भएको छैन । रानीशैन खासमा हुम्ला र बाजुराका नागरीकहरु गाई गोरु राख्ने खर्क हो । त्यहाँ अग्ला पाटनहरु छन् पानीको सहज उपलब्धता छ । जडीबुटीको अथाहा संभावना भएको क्षेत्र हो जहाँ भुल्ते, पोड्या, कटुकी, जटामसी, पाँचऔले देखी बुहुमुल्य जडीबुटीहरु छन् ।
त्यति मात्र नभई झारल, नावर, कस्तुरी, बदेल र त्यायाहरु पाउँने र टाढाटाका सिकारीहरु आएर सिकार गर्ने गरी रहेको बताइ रहेपनि तथ्य प्रमाणहरु नभेटाउदा पक्राउ पर्न भने सकेका छैनन् । र अर्को कुरा त्यहाँ प्रहरी चौकी नभएकाले पनि खुला रुपमा चोरी पैठारी हुँने गरेकै हुँन सक्ने अनुमान गरिन्छ तर चोरी सिकारी गर्नेमा हुम्ला र बाजुराकै नागरीक बसोबासा गर्ने भएकाले उनिहरुले नै गर्न सक्छन् तर हुम्लाको थला सामुदायिक बनले सार्वजनीक गरेको एक तथ्यका आधारमा मिति २०८३ साल जेठ २ गतेका दिन मेमागारा गुरुङ र हिमाल गुरुङले विना पुर्जि चोरी निकासी तथा सिकार गरेको प्रमाण बाहिर ल्याएको थियो जसमा राष्टिय चरा १, मेसिन काठ च्यात्ने २, बन्चरो २, झारल मारेको १ र काठको फल्याक ५ सय वटा तथा २ सय वटा कडी बरामत गरेको थियो ।
अर्कोतिर पहिले देखीनै चर्चामा आउदै गरेको तर दुर्गमताको कारण विस्वव्यापी बन्न नसकेको पर्यटकीय स्थल रानिशैन अथाहा सम्भावना भएको नाउँ हो त्यहाँ विभिन्न पाटनहरुमा पर्यटकहरु रमाउने देखी लिएर राशैनको ताल र योसँगै सैपाल हिमालको मनोरम दृश्यले पर्यटकहरुको मन लोभ्याउने भएकाले पनि भविश्यमा प्रचुर संभावना रहेको र यसलाई स्थानीयस सरकारले सदुपयोग गरी आर्थिक उपार्जन गर्न सकिने भएकाले पनि यसको खिचातानी भएको देखिन्छ ।