नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७८ पुस १७ गतेदेखि ०७९ मङसिर २९ गते सम्म सकलन गरिएका ३२ वटा घटना घटेको बताए । मानव अधिकार उलंघनका घटनाहरु न्युनिकरणको साँटौ दोब्बरले बृद्धि भैरहेको देखीएको छ ।
सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित १९ ओटा, स्वास्थ्य तथा शिक्षको अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका नौ ओटा, हत्याको एउटा, व्यपत्ताको एउटा र घरेलु हिंसाको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले विशेष गरेर मानव अधिकार उलंघनका घटनाहरू घट्नुमा मुख्यत अशिक्षाका कारणले घट्ने गरेको बताउनु भयो । उहाँले इन्सेकले संकलन गरेका घटना भन्दा गाउँमा धेरै लुकेर रहेका घटनाहरूलाई पनि संकलन गर्नु पर्ने सुझाव दिएका छन् । रोकायाले भने इन्सेकले वर्ष भरि संकलन गरेका घटनाले सरोकावाला पक्ष लगायत सम्पुर्ण व्यक्तिहरु यस्ता खाले घटना गर्न नहुने तर्फ सजक्ता अपनाउने र आगामी दिनहरूमा यस्ता उलंघनका घटनामा सुदृढीकरण तथा न्यूनिकरण हुने भनाई छ ।
त्यस्तै विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकासित गर्दै आएको यो एउटा अत्यान्तै सकारात्मक कुरा भएको सरकारी वकिल पुर्णबहादुर केसीले बताउनु भयो । उहाँले आगामी दिनहरमा आर्थिक, सामाजिक र संस्कृतिक अधिकारका घटनाहरुलाई पनि समावेश गरिएमा अझ थप इन्सेकको प्रतिवेदन तथ्यमा आधारित हुने सुझाव दिनु भयो ।
जिल्ला अदालतका उप सचिव (श्रेष्तेदार) कमल कुमार आचार्यले भौगोलिक विकटेताका बावाजुत पनि इन्सेकले मानव अधिकारसंग सम्वन्धित घटनाहरू संकलन गर्नुमा सहरानिय कार्य भएको बताए । उहाँले इन्सेकले वर्षभरि संकलन गरेको प्रतिवेदन रिर्पोटमा केही छुटेका घटना भए थप गरिनु पर्ने सुझाव दिदै प्रत्येक व्यक्तिले सरकार पक्षबाट सहजै पाउनु पर्ने सुचना समेत सहज नभएका कुरा पनि प्रतिवेदनमा समेटिनु पर्ने श्रेष्तेदार आचार्यको भनाई छ ।
बार एसोसियनका सचिव तथा बैतानिक वकिल राजन चन्दले इन्सेक प्रतिनिधले प्रतिवेदनमा सम्पुर्ण कुरा समेटेकोमा धन्याबाद दिदै मानवअधिकार उलंघन गर्नेमा सरकार पक्ष नै हुन्छ । प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका यावत अधिकारहरू राज्यबाट प्राप्त हुनु पर्ने चन्दको तर्क छ ।
जिल्लामा खाद्यान्नको अभाव, निर्वाचनमा सहज रुपमा मतदान गर्न नपाएको, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रुपमा उपचार नपाएका विषयलाई पनि इन्सेकले अभिलेखिकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।