यतिबेला हुम्लाको हरेक बिक्री केन्द्रमा अनुदानको नुन वितरण भैरहेको छ । हुम्ला जिल्लामा भएको एक डिपो र ३ बिरण केन्द्रबाट नुन बिक्री बितरण भैरहेको छ ।
श्रीनगर बिक्री केन्द्रको लागि आएको ९ सय कुइन्टलमा ५ सय क(ुइन्टल नुन अदानचुलीमा र ४ सय कुइन्टल नुन ताँजाकोटको लागि विक्री बितरण गर्न लागेको हो । हिजो बसेको सर्बदलिय सर्बपक्षिय बैठकले अदानचुली गाउँपालिकाका ६ वटै वडामा के कसरी नुन वितरण गर्ने निर्णय गरेसँगै हिजै अदानचुली गाउँपालिका वडा नम्बर १ ले नुन लगि सकेको र आज अदानचुली गाउँपालिका वडा नम्बर ४, ५ र ६ लाई विक्रि बितरण गरिएको साल्ट ट्रेनिङ कर्पोरेसन हुम्लाका प्रमुख राज बहादुर लामाले जानकारी दिनु भएको छ । उहाँका अनुसार हिजो वडा नम्बर १ लाई ८१ कुइन्टल, वडा नम्बर ४ र ६ लाई पनि ८१।८१ र वडा नम्बर ५ लाइ ८४ कुइन्टल नुन बिक्रि बिरण गरीएको बताउनु भएको छ ।
यस अघि अछामको साफेबगर,बाजुराको मार्तडी, र कोल्टी हुँदै बोकेर ल्याउने नुन अहिले विक्रि केन्द्रबाट पनि मान्छेले नबोकेर सवारी साधन मार्फत ढुवानी गराउन लागेका छन् । पछिल्लो समय हरेक गाउँ घरमा सडक पुगेसँगै अधिकांस नागरिकहरुले सवारी साधन रिजर्भ गर्दै गाउँ सम्मै ढुवानी गरेको पाइएको छ । यता साल्ट ट्रेनिङ कर्पोरेसनले बिक्रि केन्द्र सम्म मात्रै ढुवानी गराउने भएकाले बिक्रि केन्द्रबाट गाउँ सम्म आफै ढुवानी गराउँदै लिने गरेको पाइएको छ । यस वर्ष अदानचुली १ कल्खेका केही नागरिकले पनि सवारी साधन मार्फत ढुवानी गराएका छन् भने यता वडा नम्बर ४, ५ र ६ का अधिकांस नागरिकहरुले पनि सवारी साधन मार्फत नै ढुवानी गराइएको बताएका छन् ।
हरेक गाउँपालिकाका नागरिहरुले प्रति प्याकेटको २५।३० रुपैयामा खरिद गर्नु परेको बताए पनि आफुहरुले नियमसंगत नै प्रति प्याकेट ९ रुपैयाको दरले बिक्रि वितरण गरी रहेको साल्ट ट्रेनिङ कर्पोरेसन हुम्लाका प्रमुख राजबहादुर लामाले बताउनु भएको छ । उहाँका अनुसार नियम संगत रुपले बिक्रि वितरण गर्ने हो भने सम्बन्धित बिक्रि बितरण केन्द्र बाटै गर्नु पर्ने भएपनि पछिल्लो समय नागरिकहरुको सहजताको लागि ताँजाकोटको लागि ताँजाकोट बाटै र तुम्चको लागि सलीसल्लाबाट बिक्री बितरण गरी रहेको बताउनु भयो । तम्चका नागरिकहरुले प्रति प्याकेट २५ रुपैया पर्न गयो भने पनि त्यो सत्यता नभएको स्पस्ट पार्नु भएको छ ।
साल्ट ट्रेनिङ कर्पोरेसन लि. हुम्लाका प्रमुख लामाका अनुसार अनुदानको चामल जस्तै नियमि नुन पाउनको लागि यहाँका जनप्रतिनिधिहरुले डिपो स्थापना गर्न लाग्नु पर्ने बताउनु भयो । अहिले सम्म यहाँका जनप्रतिनिधिहरुले डिपो स्थापनाको लागि पहल नै नगरेको बताउँदै लामाले भने डिपो स्थापना भयो भने जसरी कुनै पनि समयमा चामल पाइरहेका छन् त्यसरी नै नुन बिक्रि बितरण हुँन सक्ने बताए ।
यसरी नुन बितरण यस वर्ष प्रतिघरधुरी २० देखी ४० प्याकेट सम्म पाएका छन् । राज्यले जनसंयाको आधारमा नुन अनुदान दिने गरेको भएपनि यहाँ भने घरधुरीको आधारमा विक्री बितरण गर्ने भएकाले समानुपातिक वितरण नभएको देखीएको छ । राज्यले प्रति ब्यक्ति एक वर्षको लागि ६ प्याकेटको अनुमान गरेर नुन अनुदानमा दिने गरेको भएपनि यहाँका स्थानीय तहले पनि हरेक वर्ष तथ्यांक अपडेट नगर्न र भएको नुन पनि घरधुरीको आधारमा विक्री बितरण गर्नले कुनैलाई नुन धेरै हुँने र कसैलाई कम पर्ने गएको हो ।