जेठ २५ हुम्ला । सहिद परिवार समाज हुम्लाले जिल्लाका सबै स्थानीय तहमा आफ्ना माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
मानव जातिको मुक्ति र व्यवस्थाको परिर्वतनका लागि गरिएको १० वर्षको महान जनयुद्ध,जन आन्दोलन र प्रदेश स्थापनाका लागि बलिदान गर्नेे महान शहिदहरुका परिवारलाई राज्यले व्यवास्था गरेको भन्दै जिल्लाका सबै स्थानय तहहरुलाई ध्यान आकर्षण गराएको जिल्ला अध्यक्ष देबी बहादुर बैजीले बताउनु भयो ।
राज्यले शहिद परिवारका घरपरिवारलाई १० लाख राहत स्वरुप दिएता पनि अहिले सम्म शहिद परिवार र शहिदका सन्ततीहरलाई सम्मान तथा अवसरहरु नपाएको र शहिदहरु राष्ट्रका स्थीर पुजी हुन् भन्ने मान्यतालाई स्थापित गर्न स्थानीय सरकार हाम्रो अभिभावक भएकोले जन क्रान्तिका महान शहिद परिवार समाज हुम्लाले जिल्लाका सातवटै स्थानीय तहहरुमा आफ्ना मागहरु पेश पेश गर्दै ध्यानकर्षण गराएको बताउनु भयो ।
शहिद तथा बेपत्ता योद्धा परिवारको सरकार द्वारा अभिभावकत्व ग्रहण गर्ने तथा शहिद र बेपत्ता परिवारलाई रोजगारीको व्यवस्था गर्न साथै परिवारका सम्पुर्ण सदस्यहरुलाई निशुल्क शिक्षा, स्वास्थ्यको ज्ञारेन्टी गर्न शहिद परिवारका सदस्यहरु लाई सरकारी सेवामा समावेसी कोटा निर्धारण गरी शहिद परिवारहरुका छोरा छोरीहरुका लागि विभिन्न तहमा छात्रावृद्धिको व्यवस्था गर्न माग गरीएको छ ।
यस्तै सरकारले संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि गरिएका सबै आन्दोलनहरुमा जीवन बलिदान गर्ने शहिदहरुको विवरण एकिन गरी जिल्ला प्रशासन कार्यालयबाट राहत बुझेको प्रमाणपत्र र कर्णाली सरकार मार्फत उपलब्ध गराउदै आएको शहिद स्मृती भत्ताको कार्यबिधिको आधारमा कार्यन्वयन गर्न र शहिद परिवारकाहरुलाई सम्मान एवंम शहिद परिवार परिचय पत्र उपलब्ध गराउन माग गरेको बताउनु भयो ।
शहिदको इतिहास जीवन्त राख्न र राष्ट्र निमार्णका अमुल्य सम्पति हुन् भन्ने मान्यतालाई स्थापित गर्न स्थानिय सरकारले सबै शहिद र बेपत्ताका परिचय खुल्ने गरी शहिद स्मारक वा स्तम्भहरु, शहिद पार्क, शहिदहरुका शालिक, शहिद भवन र शहिद गेटहरु निमार्णका लागि बजेट विनियोजन गरी कार्यन्वयन गर्न जिल्लाभरका सबै स्थानीय तहमा माग गरीएको बताउनु भयो ।
जिल्लाभर एक सय ३७ शहिद भएको भनिएपनि आधिकारीक रुपमा १ सय १० जना शहिद भएको तथ्याङ्कमा उल्लेख छ । सातवटै स्थानी तह मध्ये सबै भन्दा धेरै सर्केगाड गाउँपालिकामा ३२ जना, सिमकोटमा १९ जना, चंखेलीमा १६ जना, अदानचुलीमा १५ जना, खार्पुनाथमा १४ जना, ताँजकोटमा १२ र नाम्खामा २ जना शहिद भएका हुँन् । –––कालीबहादुर थापा